हेटौंडा । पार्टीको विधि, विधान, संरचना र कार्यनीतिबारे तल्लो तहका कार्यकर्तालाई प्रशिक्षण दिनका लागि नेपाली कांग्रेस मकवानपुरले प्रशिक्षक तयार गर्ने भएको छ ।
कांग्रेस मकवानपुरले मंगलबारबाट हेटौंडामा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
दुई दिनसम्म चल्ने प्रशिक्षणमा जिल्लाका ८० जनाभन्दा बढीको सहभागिता रहेको थियो । प्रशिक्षक प्रशिक्षण लिएकाहरुले आगामी दिनमा वडा-वडामा हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रशिक्षकको भूमिका निर्वाह गर्ने मकवानपुर सभापति वुद्ध लामाले जानकारी दिनुभयो ।
पार्टीको जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको प्रशिक्षण उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा डा. सुरेश आचार्य र शङखर सुवेदीले प्रशिक्षण दिनुहुने छ ।
उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य डा गोबिन्द पोखरेल, मकवानपुर पुर्व सभापति रघुरमण न्यौपाने, क्षेत्रीय सभापतिहरु राजेश बानियाँ, रन्जन कालाखेतीलगायत जिल्लाका नेता तथा कार्यकताहरुको सहभागिता रहेको थियो।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts