काठमाडौं । हिटाकर्मी गीता अधिकारीलाई निशा स्मृति पत्रकारिता पुरस्कार अर्पण गरिने भएको छ । ‘विगत दुई दशकभन्दा बढी समयदेखि चलचित्र पत्रकारिताका माध्यमबाट नेपाली कला, संस्कृति, चलचित्र क्षेत्र एवं पेशाकर्मीको उत्थानमा योगदान पुर्याउँदै आउनुभएकी सञ्चारकर्मी अधिकारीलाई नगद १० हजार थैलीसहित निशा स्मृति पत्रकारिता पुरस्कार अर्पण गर्ने निर्णय गरिएको छ,’ परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उक्त पुरस्कार समाजसेवी दुर्गानाथ दाहाल, चलचित्रकर्मी मोहन निरौला, अभिनेत्री पवित्रा आचार्य सम्मिलित छनोट समितिको सिफारिसमा निर्णय गरिएको जनाइएको छ ।
यस्तै, परिवर्तन नेपालको कार्य सम्पादन समितिको बैठकले विगत दुई दशकभन्दा बढी समयदेखि नेपाली चलचित्र उद्योगको संरक्षण, प्रवद्र्धन, श्रीवृद्धि र पेशाकर्मीको उत्थानका लागि संस्थागत एवं व्यक्तिगत तवरले नेपाली चलचित्र निर्माण, निर्देशन र अभिनयका माध्यमबाट पुर्याउनुभएको योगदानका लागि निर्माता, निर्देशक तथा अभिनेता आकाश अधिकारीलाई २०८० सालको चेतन कार्की स्मृति पुरस्कार अर्पण गर्ने निर्णय गरिएको छ । चलचित्रकर्मी मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी शान्तिप्रिय सम्मिलित छनोट समितिको सिफारिसमा अधिकारीलाई पुरस्कार अर्पण गर्ने निर्णय भएको जनाइएको छ । १५ हजारको थैलीसहित सम्मान प्रदान गरिने चेतन कार्की स्मृति पुरस्कार गत साल अभिनेता निर्देशक देशभक्त खनाललाई अर्पण गरिएको थियो ।
यसैगरी निशा संरक्षण कोषका अध्यक्ष समाजसेवी दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको कोषको बैठकले विगत १५ वर्षदेखि नेपाली चलचित्र, मोडलिङ र म्युजिक भिडियोमा अभिनय गर्दै आउनुभएकी अभिनेत्री अनु शाहलाई उहाँको नेपाली चलचित्र, म्युजिक भिडियोप्रतिको साधना एवं समर्पणको उच्च मूल्यांकन गर्दै २० हजार नगद थैलीसहित निशा स्मृति पुरस्कार, विगत १५ वर्षभन्दा बढी समयदेखि अभिनय, मोडलिङ र गायन क्षेत्रम सक्रिय रहनुभएकी बबिता ढकाललाई २० हजार नगद थैलीसहित निशा स्मृति प्रतिभा पुरस्कार अर्पण गरिने भएको छ ।
नेपाली चलचित्र क्षेत्र एवं नेपाली गीत संगीत क्षेत्रका विशिष्ट साधक स्व. चेतन कार्कीको स्मृतिमा स्थापना गरिएको चेतन कार्की स्मृति पुरस्कार र अभिनेत्री मोडल निशा घिमिरेको स्मृतिमा स्थापना गरिएको निशा स्मृति पुरस्कार यही वैशाख १३ गते अनामनगरस्थित किम्ची सभाकक्षमा एक समारोहबीच अर्पण गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts