हेटौँडा। नेपाल स्काउटको बागमती प्रदेशका नवनियुक्त आयुक्तहरुले शपथ ग्रहण गरेका छन् ।
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सभाहलमा सामाजिक विकास मन्त्री कुमारी मोक्तानको सभाध्यक्षता तथा नेपाल स्काउट राष्ट्रिय आयुक्त महेन्द्रराज रञ्जीतको प्रमुख आतिथ्यतामा पद तथा गोपनीयताको शपथ ग्रहण भएको हो ।
कार्यक्रममा पहिलो चरणमा राष्ट्रिय आयुक्त महेन्द्रराज रञ्जीतले नेपाल स्काउट बागमती प्रदेश स्काउटको प्रमुख स्काउट तथा परिषद्को अध्यक्ष हुने व्यवस्था अनुसार सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई बागमती प्रदेश स्काउट अध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो । शपथ ग्रहण पश्चात मन्त्री मोक्तानले प्रदेशका नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री मोक्तानले बागमती प्रदेशमा स्काउटको आफ्नै भवन बनाउन प्रदेशले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा केन्द्रिय आयुक्त रञ्जीतले १२ वर्षपछि प्रदेशमा आधिकारिक रुपमा जिल्ला विघटन भए पछिको पहिलो निर्वाचित नेतृत्व पाएको बताउनुभयो ।
शपथग्रहण कार्यक्रममा मध्यपृतना हेटौंडाका प्रमुख सेनानी रञ्जन कुमार कार्की, बागमती प्रदेश कार्यालय हेटौंडाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, नेपाल स्काउटको राष्ट्रिय परिषद सदस्य अशोक सारु मगरको आतिथ्यता थियो ।
स्काउटले आगामी दिनमा विभिन्न कार्ययोजना रहेको प्रदेश स्काउटले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts