हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा “सहकारीमा सुशासन : प्रविधि र एकीकरण” भन्ने नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम सहित मनाइएको छ ।
मंगलबार सहकारी दिवसको अवसरमा प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका मन्त्री, सचिव रजिष्ट्रार सहितका कर्मचारीहरु, संहकारी संघसंस्थाका सञ्चालक समिति पदाधिकारी, लेखा समिति पदाधिकारी, शेयर सदस्य, कर्मचारीको सहभागितामा प्रभातफेरीसहित हेटौंडा बजार परिक्रमा गरी रोयल प्यालेस हेटौंडामा पुगेर सभामा परिणत भएको थियो ।
६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको सभाध्यक्षता तथा मकवानपुरका बागमती प्रदेश सरकार संस्कृति, पर्यटन , सहकारी मन्त्रालयका मन्त्री शैलेन्द्रमान बज्राचार्यको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सभामा बोल्दै मन्त्री बज्राचार्यले सहकारीप्रतिको बिश्वासलाई कायम राख्नपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका सचिव हरिशरण पुडासैनीले सहकारीमा आएका विभिन्न चुनौतीहरुलाई समाधान गर्दै थप व्यवस्थित र प्रभावकारी बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले सहकारी दिवसले सहकारीमा भएका समस्या, चुनौतीहरुलाई समाधान गर्न प्रेरणा मिल्नका लागि अभिप्रेरित गरोस भनी सहकारी दिवस मनाइएको बताउनुभयो ।
कार्यक्रममा प्रभातफेरी र्याली प्रदर्शनमा विभिन्न सूचकहरुमा उत्कृष्ट अंक ल्याएका पाँचवटा सहकारी संस्थालाई पुरस्कृत समेत गरिएको थियो ।
प्रथम भई पुरस्कृत हुनेमा बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा ११, द्वितीय हुने महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–१३, तृतीय हुने महिला सेवा बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–१२ र सान्त्वना हुने साना किसान कृषि सहकारी संस्था मनहरी–८ र साना किसान कृषि सहकारी संस्था हनामाडी हेटौंडा–१८ लाई क्रमश १० हजार, ७ हजार, ५ हजार र ३-३ हजार नगद सहित पुरस्कृत गरिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts