कालीकोट । जिल्लाको रास्कोट नगरपालिकाले ‘हामी बनाउँछौं हाम्रो नगर’ भन्ने मूल नाराका साथ अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
शनिबार नगरपालिकाले गरेका गतिविधि र क्रियाकलापबारे जानकारी गराउन जनतामाझ सार्वजनिक सुुनुवाई कार्यक्रम गरेको हो ।
आर्थिक बर्ष २०८० मा विनियोजित बजेट, योजना नीति निर्माण र कार्यक्रम तथा खर्चका बारेमा पालिकाका नागरिकलार्ई सामुन्ने राखेर सार्वजनिक गरेको बताइएको छ । सुशासन, पारदर्शिता र जवाफदेही नगर सरकार बनाउन नगरपालिकाले गरेका गतिविधि जनतामाझ सार्वजनिक गर्नुका साथै रास्कोट नगरपालिकालाई नागरिक मैत्री बनाउने उदेश्यले सार्वजनिक सुनुवाई गरेको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही (पोषण) ले सुन्दर रास्कोट समृद्ध नगरपालिका बनाउनका लागि नगरले विभिन्न कार्यक्रमहरुको थालिन गरेको बताउनु भयो ।
‘प्रमुख शाहीले’ रास्कोट नगरपालिका भित्र सामुदायिक विद्यालयमा डिजिटल स्मार्ट बोर्ड, नगर प्रहरी गठन, घर टहरा निर्माण देखी, घरमै पुगेर सामाजिक सुरक्षा भत्ता, महिनाको एकपटक मेयर हेल्थ केयर कार्यक्रम, उपप्रमुखसँग शसक्तीकरण कार्यक्रम, प्रत्येक घरको बिमा, एक घर एक धारा, नागरिकको सहजता लागि पालिकामै नुन डिपो स्थापना, विद्युत महशुल काउण्टर, नगरपालिका भित्र रहेको सार्वजनिक जग्गा नगर सरकारको दायरामा ल्याउने, बृहत् सिँचाई कुलो निमार्ण लगायत शिक्षा, स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन नगरले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
यस्तै प्रमुख शाहीले नगपालिकाको उपलब्ध स्रोत साधनबाट कार्य सम्पादन गर्दा केहिँ समस्या हुनसक्ने र त्यसको समाधानका लागि प्राप्त सुझावहरुलाई आगामी दिनमा लागु गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगर उपप्रमुख मनिराज बरालले नागरिकहरुको सेवा प्रभावकारी बनाउन र कमि कमजोरी हटाउन सार्वजनिक सुनुवाई गरेको बताउनुभयो । हरेक नागरिकले सरकार र सार्वजनिक संघसंस्थाको बारेमा जान्न बुझ्न पाउनु प्रत्येक नागरिकको हक अधिकार भएको बताउनुभयो ।
कार्यक्रममा नगरपालिका उपप्रमुख मनिराज बराल, प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बम र सम्पूर्ण वडाका वडा अध्यक्ष, विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारीले सार्वजनिक सुनुवाई कायक्रममा सहभागीहरुले उठाएका प्रश्नको जवाफ सहित सम्बोधन गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts