मुगु । राष्ट्रिय योजना आयोगको आयोजनामा शुक्रबार बार आयोजित दोस्रो पन्चवर्षिय योजना तर्जुमाका लागि आयोजित जिल्ला स्तरिय परामर्श गोष्टिमा सहभागिहरुले मुगु जिल्लाका लागि मागमा आधारित गौरवका योजनाहरु समेट्न सुझाव दिएका छन् ।
गोष्टिमा सहभागीहरुलाई ७ समूहमा विभाजित गरि कर्णाली प्रदेश राष्ट्रिय योजना आयोगको २०८१ देखि शुरु हुने दोर्सो पन्चेवर्षे योजनामा मुगु जिल्लाका समेटनु पर्ने विषयगत क्षेत्रहरुका योजना तथा कार्यक्रम बारे सुझाव संकलन गरिएको थियो ।
स्थानिय तह समुहबाट प्रतिनिधित्व गर्दै सोरु गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थराज शाहीले प्रत्यक स्थानिय तहमा खाद्य बैकको स्थापना गर्नुपर्ने, जनसमुदायमा खानपान वानी परिवर्तनका कार्यक्रम सञ्चालन गर्नुपर्ने, स्थानीय स्तरमा प्रयाप्त मात्रामा पाइने गाजा र अल्लोमा आधारित उधोग सञ्चालन गरिनु पर्ने, प्रदेशको आम्दानीका लागि यहाँ रहेका दुङा,माटो,वालुवा,गिट्टिको बजारिकरण गर्नु पर्ने,सडक दुर्घटना मा कमि ल्याउन सुरक्षित सडक संरचना बनाउन जोड दिनु पर्ने, स्थानीय स्तरमा स्वरोजगार बनाउने रैथाने जातका मसलाजन्य र फलफुल जन्य खेती प्रारम्भ र उधोग संचालन गर्नुपर्ने सुझाव दिन भएको थियो ।
जिल्ला समन्वय समिती समितिबाट सुझाव दिनुहुँदै समन्वय अधिकारी विश्वास तिमिल्सिनाले समन्वय समितिलाई अधिकार सम्पन्न बनाइ स्थानीय तहका योजना कार्यक्रम अनुगमन गर्ने र कार्वाहीको लागि अनुदान घटाउन सिफारिस गर्न सक्ने बनाउनु पर्ने बताउनु भयो ।
कक्षा ८ सम्म मात्र छात्रवृत्ति दिइँदै आएको छ । अब १२ कक्षा सम्म दिने व्यवस्था गर्नुपर्ने,बालकक्षा देखि ५ कक्षासम्म मात्र दिइने दिवा खाजा माध्यामिक तहसम्मका विद्यार्थीलाई पनि दिनुपर्ने, विद्यार्थीको अनुपातमा शिक्षक दरवन्धी हुनुपर्ने, संघीयता आएपछि ओझेलमा परेको शिक्षक पेशागत तालिमलाई निरन्तरता दिनुपर्ने र विद्यालयहरुका आवश्यकीय सम्पूर्ण पुर्वाधार निर्माणमा जोड दिन शिक्षा समूहबाट बोल्दै महाकाली नमुना माध्यामिक विद्यालयका प्राध्यापक खडक बहादुर रोकायाले सुझाव दिनुभयो ।
पत्रकार समुहबाट बोल्दै सन्चारकर्मी सर्जन बहादुर शाहिले प्रथम पन्चवर्षिय योजनामा मुगु उपेक्षित भएकोले दोर्सो पन्चवर्षिय योजनामा कम्तिमा सबै क्षेत्र समेटनु पर्ने बताउनु भयो । उहाँले कर्णाली राजमार्गलाई सुरक्षित राजमार्ग बनाउन पर्ने,झुगेला- माझ्चौर - रारा,रारा- तारापानी-दोमुख,रारा- चंखेली दुधदह र रारा- सातताल सडक निर्माण गर्नु पर्ने,रारा आउन छोटो मार्ग बनाउन जुम्ला च्यारे-नेउरिगाड- मुगु मन्दु र सेरि -तारापानी सुरुङ्गमार्ग बनाउन जोड दिनु पर्ने, मुगु कर्णाली बाट ठूलो क्षमताको विधुत उत्पादन गर्न योजना बनाउनु पर्ने,मुगु जिल्लामा रहेका तामाखानी,फलाम खानी,नुन खानी उत्खनन् गरि प्रयोगमा ल्याउनु पर्ने, जनतालाइ सुशासनको प्रत्याभूति दिलाउन स्थानिय तहबाट छनाेट भएका योजना तथा कार्यक्रम मात्र प्रदेश तथा संघीय सरकारले छनाेट गर्नुपर्ने,नगरसभा, गाउँसभा,कार्यपालिका, गाउँपालिका र प्रदेश सभामा हुने सबै निर्णय प्रत्यक्ष प्रशारण गरिने व्यवस्था हुनुपर्ने सुझाव दिनु भयो ।
मुगुमा भौगोलिक विकटताको बावजुद धेरै सम्भावना रहेको जिल्ला भएकाले योजना आयोगले प्राथमिकतामा राखेर यहाँका लागि गौरव र दिर्घकालिन प्रभाव पार्ने योजना बनाउनु पर्ने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसिले सुझाव दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्कीकाे अध्यक्षता भएको कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य जितबहादुर शाह, छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भाम,उपप्रमुख ऎश्वर्या मल्ल सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही,उपाध्यक्ष केशरबहादुर शाही, निवर्तमान समन्वय प्रमुख पुर्णबहादुर रोकाया, वुद्धिजिवी देवबहादुर मल्ल,पत्रकार महासङ्गका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल,नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्ल,शिक्षक महासङ्गका अध्यक्ष विष्णुमाया भाम,रेडक्रस मुगु सभापती जयबहादुर मल्ल, राजनैतिक दलका प्रतिनिधि, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts