भोजपुर । उडान बन्द भएको पाँच बर्षपछि भोजपुर– बिराटनगर पुन: हवाई उडान हुने भएको छ । नेपाल वायु सेवा निगमको जहाजले पुन: उडानका लागि तयारी थालेको हो ।
नेपाल बायु सेवा निगमले आगामी चैत्र २२ गतेबाट सुरु गर्ने गरी उडान तालिका सार्वजनिक गरेको निगमका भोजपुर स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो । उडान तालिका अनुसार अव भोजपुर–बिराटनगर हप्तामा दुई दिन बिहिवार र शनिवार उडान हुने छ ।
विमान अभाव लगायतका समस्या देखाउँदै निगमले भोजपुर–काठमाडौँ उडान तालिका कायम राख्दै बिराटनगर उडान बन्द गरेको थियो । २०७६ सालबाट बिराटनगर उडान हुन सकेको थिएन । जिल्लावासीको मागलाई सम्वोधन गर्दै निगमले तत्कालका लागि हप्तामा दुई उडान गर्न लागेको स्टेशन प्रमुख खडकाको भनाई रहेको छ ।
हवाई उडान बन्द हुँदा जिल्ला अस्पतालबाट सुबिधा सम्पन्न अस्पताल लैजान सिफारिस गरेका बिरामीहरु, ज्येष्ठ नागरिकहरुलाई समस्या हुँदै आइरहेको थियो । ज्येष्ठ नागरिक र बिरामीहरुलाई समस्या भइरहेको अवस्थामा बन्द रहेको उडान फेरि सुचारु हुनु जिल्लावासीका लागि खुशीको कुरा भएको भोजपुरवासी अशोक खतिवडाले बताउनुभयो । खतिवडाले भन्नुभयो, “अव तोकिएको दिन सेवा सञ्चालन हुने गरी निगमले उडान गर्नुपर्छ, जसले समस्यामा परेका नागरिकलाई सेवा पुगोस् ।”
नेपाल बायु सेवा निगम भोजपुरले भोजपुर बिराटनगर भाडा चार हजार २९ रुपैया कायम भएको जनाएको छ । नागरिकको सेवालाई ध्यान दिँदै इसेवा मार्फत पनि टिकट लिने ब्यवस्था मिलाईएको छ । भोजपुरमा रहेको एक मात्र विमानस्थलमा नेपाल बायु सेवा निगमको जहाजले मात्र हप्तामा चार उडान काठमाण्डौ गर्दे आई रहेको छ । पाँच सय ४५ मिटर लम्वाई भएको विमानस्थल कालोपत्रे भएपनि बिराटनगर उडान ठप्प थियो ।
प्रदेश राजधानी जान र आउन समस्या भई रहेको अवस्थामा पुन उडान हुनु खुशीको कुरा भए पनि नागरिकलाई भरपर्दो सेवा दिने बातावरण निगमले बनाउन जरुरी रहेको भोजपुरवासी शंकर प्रसाद आचार्यको भनाई रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts