नवलपरासी । बर्दघाट नगरपालिकाले विपन्न किसानहरुलाई भैंसीको पाडी वितरण गरेको छ ।
मंगलबार नगरको पशुपन्छी विकास शाखाको पाडी हुर्काउने कार्यक्रम अन्तरगत बर्दघाट नगरपालिकाका विभिन्न वडाका विपन्न किसानहरुलाई पाडी वितरण गरिएको हो ।
बर्दघाट नगरपालिका वडा नम्बर १३ का बेलबहादुर सोति मगर, बर्दघाट नगरपालिका वडा नम्बर १४ का लिला सुवेदी, बर्दघाट नगरपालिका वडा नम्बर १४ कि बालकुमारी चौधरी, वडा नम्बर १६ कि तारा परियार, वडा नम्बर १६ कि देवी विश्वकर्मा र वडा नम्बर १६ कि गंगा परियारलाई दुई/दुई वटा पाडी वितरण गरिएको हो । नगरले यस वर्ष कुल २३ जना विपन्न किसानहरुलाई पाडी वितरण गर्ने जनाएको छ ।
नगरले प्रदान गरेको पाडी किसानहरुले कम्तीमा ३ वर्ष पाल्नुपर्ने बर्दघाट नगरपालिकाका पशुपन्छी विकास शाखा प्रमुख भरत लम्सालले बताउनुभयो । किसानहरुले त्यसो गरेको/नगरेको अनुमगन सम्बन्धित वडा कार्यालय तथा नगरको पशुपन्छी विकास शाखाले गर्ने उहाँले बताउनुभयो । बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ, नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्याय, वडा नम्बर ५ कि वडा अध्यक्ष विमला गुरुङ लगायतको उपस्थितिमा पाडि वितरण गरिएको थियो ।
पाडी प्राप्त गरेका किसानहरुले नगरलाई धन्यवाद व्यक्त गर्दै पाडीलाई हुर्काएर माउ भैसी बनाउने र आयआर्जनको बाटो बनाउने बताउनु भएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts