भोजपुर । धनकुटामा रहेको औद्योगिक ग्राम पूर्णरुपमा संचालनमा आउने भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले औद्योगीक ग्राकको अवलोकलन गर्दे पूर्णरुपमा संचालन हुने गरी त्यसको खाका बनाउन निर्देशन समेत दिनु भएको छ ।
औद्योगिक ग्राम क्षेत्रको मंगलबार अवलोकन पछि मुख्यमन्त्री कार्कीले ग्रामका अध्यक्ष तिलक महतलाई औद्योगिक ग्रामभित्र उद्योग सञ्चालनको खाका १५ दिनभित्र तयार पारेर ल्याउन निर्देशन दिनु हुदै सो समयमा तयार पारेर नल्याए कारबाही गरिने समेत बताउनुभयो । औद्योगिक ग्राम परिसरमा निर्मित २७ मध्ये नौ वटा भवनमा लघु उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिनुभयो । जसमा सेनेटरी प्याड र खाद्यान्न सामाग्रीहरू उत्पादन भएपनि परिमाण कम रहेको पाइएको छ ।
मुख्यमन्त्री कार्कीले ग्रामलाई पूर्णरुपमा सञ्चालन गरेमा पूर्वी पहाडी क्षेत्रको जनजीविकामा सहजता हुने बताउँदै सञ्चालनका लागि आवश्यक निर्देशन दिनु भएको हो । ‘यस क्षेत्रको स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भएपछि मात्रै यो क्षेत्रका बासिन्दा लाभान्वित हुन सक्छन् ।’ मुख्यमन्त्री कार्कीले भन्नुभयो ।
ग्राम स्थापना भएको पाँच वर्ष बिति सक्दास मेत पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । करिव ५२ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक ग्राम सञ्चालनमा आएपछि पूर्वी पहाडको घरेलु तथा साना उद्योगको प्रवर्धन टेवा पुग्ने भएकाले यसको संचालनमा प्रदेश सरकारले जोड दिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts