अखिल (क्रान्तिकारी) कालीकोटको अध्यक्षमा खगेन्द्र मल्ल

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी (अनेरास्ववियु) कालीकोटको अध्यक्षमा खगेन्द्र मल्ल चयन हुनुभएको छ । संगठनले आइतबार १४ औँ जिल्ला सम्मेलनबाट मल्ललाई अध्यक्ष पदमा चयन गरेको हो ।

जनयुद्धको अन्तिम युद्धस्थल युद्ध पर्यटकीय क्षेत्र पिलीमा भएको जिल्ला सम्मेलनबाट बरिष्ठ उपाध्यक्षमा अस्मित बम, उपाध्यक्ष मानबहादुर रोकाया, सिमा शाही, सचिव कमल शाही, सहसचिव केशब बुढा, गीता शाही, सुर्वण सेजुवाल, अर्जुन बिक र कोषाध्यक्षमा हर्सिला सुवेदीलाई चयन गरेको छ ।

खाँडाचक्र नगरपालिकाको पिलीमा सम्पन्न जिल्ला सम्मेलनले अध्यक्ष खगेन्द्र मल्लको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको बाइएको छ ।

जिल्ला सम्मेलनका प्रमुख अतिथि एवं प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रका केन्द्रीय पोलिट ब्यूरो सदस्य महेन्द्रबहादुर शाहीले अखिल (क्रान्तिकारी) को रक्तनिजत झण्डालाई सदैव उच्च राख्न विद्यार्थीहरुसँग आव्हवान गर्नुभयो । अखिल (क्रान्तिकारी) को विगतको इतिहासलाई कायम राख्न आ-आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।

ADVERTISEMENT

विगतमा अखिल (क्रान्तिकारी) का विधार्थीले खेलेको भूमिकाको कारण आफ्नो क्रान्तिकारी पहिचान बनाउन सफल भएकोमा हामी सवैले गर्व गर्नु परेको शाहीले बताउनुभयो ।

संगठनका नवनिर्वाचित अध्यक्ष खगेन्द्र मल्ले अखिल (क्रान्तिकारी) सडक बाघको रुपमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै आएको इतिहास भएको बताउदै शैक्षिक क्षेत्रमा भएका बेथिति हटाउन विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

साथै उहाँले शैक्षिक क्षेत्रमा देखिएको खराब प्रवृत्तिका विरुद्ध संगठनले संघर्षको नेतृत्व गरेको भन्दै विभिन्न कारणले संगठनबाट पलायन भएका कमरेडहरु संगठनमा फर्किनुपर्ने र नयाँ उर्जाशील युवा विद्यार्थीहरु संगठनको मूलधारमा संगठित हुन अपिल समेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज