हुम्लाबाट एसईईमा ११ सय ९५ परीक्षार्थी सहभागी हुँदै

दाने बोहरा हुम्ला, संवाददाता

फाइल तस्बिर

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । यही चैत १५ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा हुम्ला जिल्लाबाट एघार सय पन्चानब्बे जना परीक्षार्थी सहभागी हुने भएका छन् । सातवटा स्थानीय तह रहेको हुम्लामा ६ वटा परीक्षा केन्द्र तोकिएको छ ।

जिल्लाका २८ वटा माध्यमिक विद्यालयबाट ११ सय बढी बिद्यार्थी एसइइमा सहभागिता जनाउन लागेको शिक्षा विकास तथा समन्वय इकाईका निमित्त इकाई प्रमुख भिमराज कार्कीले बताउनुभयो । परीक्षामा छात्रा ५ सय ८५, छात्र ५ सय ३ जना रहेका छन् । भने सात जना ग्रेडवृद्धि दिने गरेर ११ सय ९५ जना परीक्षार्थी सहभागी हुन लागेको इकाइ प्रमुख कार्कीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

जिल्लामा ६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा सिमकोट गाउँपालिकाबाट मानसरोवर मावि र बालमन्दिर मावि, सर्केगार्ड गाउँपालिकाबाट हिमज्योति मावि सर्केगार्ड र कोट मावि रोडिकोट, अदानचुली गाउँपालिकाबाट सुर्योदय मावि श्रीनगर र ताँजाकोट गाउँपालिकाबाट मदानादेब मावि रहेका छन् । यता चंखेली, खार्पुनाथ र नाम्खा गाउँपालिकामा भने केन्द्र छैन् ।

यस्तै बालमन्दिर माध्यामिक विद्यालयको परीक्षा केन्द्रबाट २ सय ५३, मानसरोवर १ सय ७२, हिमज्योती २ सय ६६, सूर्योदय १ सय ५६, मदनादेव २ सय ११ र कोट मावि रोडिकोटको परीक्षा केन्द्रबाट १ सय ३६ जना एसइई परीक्षार्थी सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?