भोजपुर । भोजपुरको पात्लेपानीमा भएको आगलागीबाट ज्यान गुमाएका बालबालिकाको दुई परिवारलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मंगलवार घटनास्थमा पुगेर प्रति परिवार एक लाखका दरले चेक हस्तान्तरण गर्नु भएको छ ।
गत शनिवार साँझको समयमा आगलागी हुँदा भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका वडा नम्वर ७, पात्लेपानी पिप्लेका तीन बालबालिकाको जलेर मृत्यु भएको थियो । आगलागीबाट स्थानीय केदार कार्कीको छोरा वर्ष ५ का प्रनिष कार्की र रमेश कार्कीको छोरी वर्ष ७ की दिप्सिका कार्की र निजका भाइ वर्ष ३ को युनिस कार्कीको आगलागीमा परी मृत्यु भएको थियाे ।
पीडितको घरमा नै पुगेर राहत दिँदै मुख्यमन्त्री कार्कीले घटनास्थलको अवलोकनसहित बालबालिकाको अभिभावकसँग भेटघाट गरी समवेदना समेत प्रकट गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले दु:खका बेलामा प्रदेश सरकार सधैँ साथमा रहेको बताउनुभयो । मुख्यमन्त्रीसँगै प्रदेश सांसद सिर्जना राई, प्रदेश सांसद तथा नेपाली कांग्रेस भोजपुर सभापति बिनोद बान्तवा लगायतको पनि उपस्थिति रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts