भोजपुर । संखुवासभाको चैनपुर नगरपालिकामा भएको दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।
चैनपुर नगरपालिका वडा नम्वर ६, जिरो पोवाइन्टस्थित चैनपुर नुनढाकी भित्री सडक खण्डमा बसले किचेर सहचालक धनकुटा नगरपालिका वडा नम्वर ६, पात्लेखोलाका ३० बर्षिय मनोज खड्काको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ ।
मंगलवार बिहान साढे ७ बजे नुनढाकीबाट इटहरी तर्फ जाँदै गर्दा को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट झर्दा बसको पछाडिको टायरले किचेर सहचालक खड्का गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
उपचारको लागि अस्पताल लैजानेक्रममा बाटैमा खड्काको मृत्यु भएको थियो ।
बससहित चालक धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्वर १ का ३३ बर्षिय कुमार उपाध्यायलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts