भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर १२, टक्सारको मालबाँसेमा आगलागी भइरहेको छ । शनिवार दिउँसोबाट भएकाे आगलागीले स्थानीय बासिन्दाहरुको घरसमेत जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जंगलबाट सुरु भएको आगाे हावाहुरीका कारण गाउँमा फैलिएको हाे । आगलागीबाट स्थानीयको घर क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।
आगलागीबाट छ वटा घर जलेका छन् । आगाे अझै नियन्त्रणवाहिर रहेको स्थानीयले बताएका छन् ।
आगलागीबाट बिशाल कार्कीको दुई वटा, नरबहादुर कार्कीको दुई वटा र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ । बसोवास नभएको अन्य एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
आगलागी नियन्त्रणको प्रयासमा प्रहरी, नेपाली सेना, स्थानीयहरु जुटेको प्रहरी निरीक्षक राईले बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts