कालीकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव सीले सरकार बन्ने र ढल्ने परम्पराले नैे देश अस्तब्यस्त भएको बताउनुभएको छ ।
मंगलबार कालीकोटको सदरमुकाम मान्ममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
सरकरको नेतृत्व गरिरहेकाहरु सरकार ढलाउनमा नै ब्यस्त रहेको र देशको अबस्था नाजुक बन्दै गएको प्रति कसैलाई पनि चिन्ता र चाँसो नभएको बताउनुभयो । ‘महासचिव विप्लवले भन्नुभयो’ देशको समृद्धी र विकासका लागि देश र जनताको आत्मनिर्भर अर्थतन्त्रको जग बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।
सामुहिक स्याउ खेति गर्न जुम्ला देखि कालीकोट पुग्नुभएका विप्लवले आफ्नो पार्टीले तराईमा धान, मधेशमा सुन्तला र हिमालमा स्याउ र जडिबुटी रोपेर आत्मार्निभर बन्ने बताउनुभयो ।
अब कोरा र चिल्ला ‘भाषण गरेर मात्रै नहुने बताउँदै उहाँले जनताको जीवनस्तर बदल्न र उत्पादनमा जोड दिन प्रत्येक्ष रुपमा उत्पादनसँग जोडिएका क्रियाकला गर्नुपर्ने बताउनुभयो । ‘उहाँले भन्नुभयो, ‘नेपाल कम्युनिष्ट पार्टी उत्पादनसँग जोडिएर आत्मनिर्भर बन्ने लाइनमा प्रवेश गरिसकेको छ ।’
हरेक नागरिकले कम्तिमा खान, बस्न र पढ्नकै लागि कसैलाई पनि गुहार गर्न नपर्ने गरी आर्थिक समृद्धि हाँसिल गर्नुपर्ने विप्लव सीको भनाइ छ । ‘बन्दुक बोक्नु, आन्दोलन गर्नु, राजधानी बन्द गर्नु, हंगामा मच्चाउनु नेपालीको लागि अब नौलो भएन । हामीले निकै ठुलो बन्दुकको पनि अनुभूती गरिसकेका छौं । तर नेपाल चाहेको स्पिडमा आउन सकेन,’ उहाँले भन्नुभयो ।
पत्रकारको प्रश्नमा महासचिव विप्लव सीले संविधानले परिकल्पना गरे अनुसार काम गर्न राज्य असफल भइरहेको टिप्पणी गर्नुभयो । राज्य सञ्चालनमा बैचारिक अलमल र समाजवाद–उन्मुखमा राज्यको दोहोरो चरित्र देखिएको बताउनुभयो ।
देशमा अग्रगामी, प्रगतिशील परिवर्तनका लागि नेपाली विशेषताको समाजवादको विकल्प नभएको विप्लवको भनाइ थियो । महासचिव विप्लवले वर्तमान राजनीतिक संकट समाधानको लागि बाम कम्युनिष्ट क्रान्तिकारीहरु ध्रुवीकरण हुन आवश्यक भएको बताउदै अग्रगामी, प्रगतिशील परिवर्तनका लागि नेपालमा नेपाली विशेषताको समाजवाद भन्दा अर्को विकल्प नभएको ठोकुवा गर्नुभयो ।
अबको केहीँ वर्षमा आफ्नो पार्टीलाई आत्मनिर्भर र चन्दामुक्त पार्टी बनाउने प्रतिबद्धता व्यक्त गर्दै– उहाँले उत्पादनलाई परिणाममुखी बनाउने चाहाना रहेको समेत बताउनुभयो । महासचिव विप्लवले क्रान्तिको चाहानालाई रुपान्तरण गर्ने योजना राज्यसँग नभएको आरोप लगाउँदै विभिन्न काण्डले देशलाई परनिर्भर बनाएको आरोप लगाउनुभयो ।
उहाँले एमसीसीका माध्यमबाट साम्राज्यवाद आउन खोजेको र यूरोपमा द्धन्द्ध चर्किरहेको विषयले विश्वयुद्धको सकेत गरेको बताउनुभयो । महासचिव विप्लवले व्यवस्थाको असफलता र राष्ट्रको अस्थिरताको अन्त्यको लागि समाजवादी मोर्चा बनेको र यसले आफ्नो लक्ष्य अनुसार अगाडी जाने जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts