भोजपुर । भोजपुरको रंगशालामा संचालन भईरहेको भोजपुर मेयरकप महिला फुटवल खेलको उपाधिका लागि सोमवार इलाम र सप्तरी भिड्दै छन् ।
भोजपुर नगरपालिका १० भैसिपंखालाई हराउँदै ओएसिस क्लव इलाम र धनकुटा नगरपालिकालाई पराजित गर्दे नमो बुद्ध युथ क्लव सप्तरी फाइनल प्रवेश गरेको थियो ।
भोजपुर जिल्ला फुटवल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा फागुन २५ गतेदेखि २८ गतेसम्म छैटौं संस्करण अन्तर्गत महिला मेयर कप फुटवल प्रतियोगिता संचालन भइरहेको छ ।
प्रतियोगितामा भोजपुर नगरपालिका वडा नम्वर १०, भैसिपंखा, सुम्निमा बहुप्राबिधिक बिद्यालय भोजपुर, ओ.ए.सिस. क्लव, धनकुटा नगरपालिका, रिमाचुङ स्पोर्टस एण्ड एजुकेशन र नमो बुद्ध युथ क्लव सप्तरी गरी छ वटा टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा बिजेता हुने टिमले नगद एक लाख पाँच हजार पाँच सय ५५ रुपैया र उपबिजेता टिमले नगद ५१ हजार पाँच सय ५५ का साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts