डडेल्धुरा । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा डडेल्धुरा महोत्सव शुरु भएको छ ।
डडेल्धुराको दिगो विकास र अर्थतन्त्रको आधार : कृषि, पर्यटन, खेलकुद तथा उद्योगको पूर्वाधार’ भन्ने मुल नारा सहित कृषि, पर्यटन, कला, संस्कृति, खेलकुद तथा औद्योगिक व्यापार मेलाका लागि फागु्न २४ देखि चैत्र ४ गते सम्म संचालन हुने गरी महोत्सवको छैटौं संस्करणको रुपमा डडेल्धुरा महोत्सव शुरु भएको हो ।
सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देबराज जोशीले उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख जोशीले आर्थिक समृद्धिका लागि महोत्सव आवश्यक रहने बताउनुभयो ।
उद्योग बाणिज्य संघ डडेल्धुराको आयोजनामा भएको महोत्सवमा टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ । विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्ष माथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निःशुल्क हुने बताईएको छ ।
मेलामा स्थानीय परिकार, रहनसहन तथा भेषभुसा र व्यवसायीक प्रायोजक स्टलहरु राखिएका छन् । महोत्सवमा बिभिन्न साँस्कृतिक झाँकी सहित प्रस्तुत गर्नै कायर्उक्रमहरु रहेको आयोजकले जानकारी दिएका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा