इलाम । इलाममा बिहीबारदेखि आदिवासी याक्थुङरलिम्बू साँस्कृतिक महोत्सव सुरु भएको छ ।
सदरमुकाम इलामको चोक बजारमा किरात याक्थुङ चुम्लुङको २५ औं राष्ट्रिय चुम्लुङको सन्दर्भमा आयोजना भएको महोत्सवमा दुई सय बढी च्याब्रुङ समेत प्रदर्शन गरिएको छ ।
संस्कृतिको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इलामले आयोजना गरेको महोत्सवमा इलामका १० वटै पालिका एवम् छिमेकी जिल्ला पाँचथर र झापाबाट च्याब्रुङसहित कलाकार उपस्थित भएको जिल्ला सचीव राम योङहाङ लिम्बुले जानकारी दिनुभयो।
महोत्सवको पहिलो दिन साँस्कृतिक झाँकीसहित आदिवासी याक्थुङरलिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ नाच ९केःलाङ०, धाननाच ९याःलाङ०, पालाम, हाक्पारे, ख्यालीलगायतको प्रस्तुतिसहित साँस्कृतिक पोषाक प्रदर्शनी तथा लिम्बू परिकारको स्वाद चखाउने सचीव योङहाले जानकारी दिनुभयो ।
यस्तै दोस्रो दिन विभिन्न समसामयिक विषयमा छलफल र सबै सहभागीहरुलाई तरेचा ९लिम्बू साँस्कृतिक परिकार० मा सहभागी गराइने बताईएको छ । त्यस्तै अन्य साँस्कृतिक परिकारहरु, फिलिङ्गेको अचार, किनामाको अचार र याङबेनको स्वाद चखाउने आयोजकको तयारी छ ।
लिम्बू समुदाय आदिवासी जनजाति समुदायका धेरै समुदायमध्ये भाषा, संस्कृति र लिपिमा धनी समुदाय हो । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा लिम्बू जातिको जनसङ्ख्या तीन लाख ५९ हजार तीन सय ७९ रहेकोमा इलाममा मात्र ४५ हजार सात रहेको छ ।






