भोजपुर । जिल्ला अस्पताल भोजपुरमा (इकोकार्डियोग्राफी) मार्फत करिव सय जनाले मुटु रोग परीक्षण गराएका छन् ।
जिल्ला अस्पताल भोजपुरमा मंगलवार आयोजना गरिएको एक दिने निशुल्क मुटुरोग परिक्षणमा ग्राण्डी अस्पताल काठण्माडौका वरिष्ठ मुटु रोग विषेशज्ञ डाक्टर मिलन प्रकाश श्रेष्ठले एक सय बढीको (इकोकार्डियोग्राफी) मार्फत मुटु परीक्षण गर्नु भएको थियो ।
मुटु सम्बन्धी सामान्य रोग परीक्षणका लागि पनि ठुलो पैसा खर्चिएर जिल्ला बाहिर जानु पर्ने अवस्थामा जिल्ला अस्पतालमै निशुल्करुपमा इकोकार्डियोग्राफी मार्फत मुटु परिक्षण तथा परामर्श सेवा पाउँदा स्थानीयहरु समेत खुशी देखिनु भएको जिल्ला अस्पतालले जनाएको छ ।
पछिल्लो समय मुटु रोगबाट मर्नेको संख्या बढिरहेको हुँदा मुटु रोग लागेपछि पहिलेको अवस्थामा फर्काउन नसक्ने र उपचार पद्धति महंगो हुने भएकाले बैलैमा मुटु सम्बन्धी परिक्षण गराउनु पर्ने बरिष्ठ मुटु रोग विषेशज्ञ डा. मिलन प्रकाश श्रेष्ठले बताउनुभयो । भोजपुरमा बढ्दो शहरीकरणले पनि मुटु रोगीहरु बढ्ने सम्भावना रहेको बताउँंदै बढी मात्रमा मासुको प्रयोग, धुम्रपानको सेवन, कामलाई तनाव लिएर गर्नु र शारीरिक व्याम नगर्नुले मुटुरोग लाग्ने डा. श्रेष्ठको भनाई रहेको छ ।
शिविरमा पुराना तथा मुटु रोगीहरुको परिक्षणसंगै परामर्श र विरामीलाइ प्रेसर रगत पातलो बनाउने लगायतका औषधी समेत निशुल्क प्रदान गरिएकोे जिल्ला अस्पताल भोजपुरका प्रमुख डा. शिवजी रिजालले जानकारी दिनुभयो ।
भोजपुरको टक्सारमा जन्मनुभएका डाक्टर श्रेष्ठले जिल्लामा केही गर्ने सोच भएका कारण यहाँका नागरिकको सेवाका लागि एक दिने निशुल्क (इकोकार्डियोग्राफी) मार्फत मुटु परिक्षण, परामर्श तथा औषधी वितरण गर्ने कार्यक्रम लिएर आएको बताउनुभयो । भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले दुर्गम जिल्लाका नागरिकलाई सेवा दिन गरिएको शिविर प्रभावकारी भएको बताउँदै जन्म भूमि सम्झिएर डाक्टर श्रेष्ठले गरेको कार्य महान भएको बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts