पहिरोमा बेपत्ता दुई जनाको शव फेला

Read Time = 1 min

-जितेन्द्र भण्डारी
पाँचथर । गत शुक्रवार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव आईतबार फेला परेको छ ।

पहिरोमा पुरिएर बेपत्ता भएका रुपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र उनकी भतिजी १९ वर्षीया एलिसा मगरको शव आईतबार फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

ADVERTISEMENT

पहिरोले घर बगाउँदा फालेलुङ–७ विहीदिनका रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा ४२ वर्षीय रुपलालको शव शनिबार विहान ८ बजे फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?