काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भने देश विकासको नयाँ अवधारणा अघि सार्नुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा आइतबार बिहान लेख्दै उहाँले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर देशको विकास गर्न सकिने बताउनुभएको हो । समृद्ध नेपाल निर्माण गर्ने सकिने पनि उहाँको दाबी छ ।
देश विकासको यही उपयुक्त बाटो भन्ने मान्यता बोकेर बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागिएको पनि उहाँले बताउनुभएको छ।
थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पूर्वराजा ज्ञानेन्द्रसँग असन्तुष्टि जनाउँदै अलग भएर राप्रपा नेपालमा पुग्नुभएको नेता हो ।
उहाँले राजतन्त्रको एजेण्डा त्याग्नुभएको छ। अहिले उहाँले राप्रपा नेपालबाट हिन्दु राष्ट्रको मात्रै एजेण्डा बोक्दै आउनुभएको छ ।






