निजामती कर्मचारी युनियन रुपन्देहीको संगठन विस्तार तथा सुदृढिकरण अभियान सम्पन्न

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही  । नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीको संगठन विस्तार तथा सुदृढिकरण अभियानको समिक्षा आज बुटबलमा सम्पन्न भएको छ ।

नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणि पान्डेकोे अध्यक्षतामा र नेपाली काङ्ग्रेस रुपन्देहीका पाटी सभापती एबं तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यता तथा बिशिष्ट अतिथिमा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल उपमहासचिव इन्दु शर्मा, गणेश भण्डारी केन्द्रिय सचिब प्रकाश भट्राई अतिथीहरुमा केन्द्रिय सदस्यहरु हरी ज्ञावाली,नबिन पन्थी र बिनोद अधिकारी त्यस्तै सिबिएको केन्द्रिय शंकर पुरी जिल्ला उपाध्यक्ष भोजराज न्यौपाने रहनु भएको थियो।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले पाटी र नेपाल निजामती कर्मचारी युनियनको बिचमा सुमधुर सम्बन्ध रहेको बताउनु भएको छ । उहाले नेपाल निजामती कर्मचारी युनियनमा आबद्ध भएकै कारण जिल्लामा कसैले कर्मचारीलाई दुःख दिएमा त्यस्तो अवस्थामा पाटी चुप लागेर नबस्ने समेत आफ्नो धारणा राख्नु भएको छ ।

आफ्नो संगठनमा आबद्ध भएका कर्मचारीहरुको संरक्षण र बुद्धि, विकास गर्नको लागी नेतृत्वको महत्वपुर्ण भूमिमा रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि ले निजामती कर्मचारी युनियनको नेतृत्वलाई सुझाब समेत दिनु भयो।

त्यस्तै कार्यक्रममा बोल्दै केन्द्रिय बरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल उपमहासचिव इन्दु शर्मा, गणेश भण्डारी सधै कर्मचारीहरुको हकहितको लागी अग्रपंक्तिमा रहेर नेपाल निजामती कर्मचारी युनियनले आफ्ना गतिबिधि संचालन गरिरहेको बताउनु भएको छ ।

उहाँहरुले अहिले सम्म राज्यले संघिय निजामती ऐन, प्रदेश निजामतीमा ऐन र स्थानिय निजामती ऐन ल्याउन नसक्दा थुप्रै कर्मचारीहरुको बृद्धि विकास रोकनु दुःखद भएको वताउनु भयो । ऐन ल्याउनुको लागी नेपाल निजामती कर्मचारी युनियन राज्य सँग गम्भिर भएर बार्ता छलफल गरिरहेको पनि उहाँहरुले बताउनु भयो।

ADVERTISEMENT

राज्य पनि आफुहरुको माग सम्बोधन गर्नको लागी लागी रहेको हुनाले अब लामो समय कर्मचारीहरुको बृद्धि विकासको लागी अन्योलको अवस्था नरहने वताउनु भयो । नेपाल निजामती कर्मचारी युनियनमा आबद्ध कर्मचारीहरु पनि आफ्नो काम प्रति बफादार भएर नागरिकको सेवा गर्न समेत आग्रह गर्नु भएको छ ।

खुल्ला छलफलमा आफ्नो धारणा राख्ने क्रममा अधिकांस कर्मचारीहरुले अहिले सम्म पनि संघिय निजामती ऐन, प्रदेश निजामतीमा ऐन र स्थानिय निजामती ऐन नआउनु दुःखद भएको उहाहरुको भनाई छ ।

समयमा राज्यले ऐन नल्याउदा धेरै कर्मचारीकोहरूको बृद्धि विकास रोेकिनुको साथै काम गर्ने उर्जा समेत घटेको भन्दै नेतृत्वले राज्य सँग ऐन छिट्टै ल्याउने वातावरणको लागी पहल गर्न समेत आग्रह गर्नु भएको थियो । केन्द्रीय सचिव प्रकाश भट्टराइले युनियनको इतिहास ट्रेड युनियन आन्दोलन र अवको कार्यदिशाको विषयमा विस्तृत प्रशिक्षण मन्तब्य राख्नुभएको थियो ।

नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका उपाध्यक्ष टेकराज पन्थीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल निजामती कर्मचारी युनियन अनिता बिक चौधरी गर्नु भएको थियो । कार्यक्रममा नेपाल निजामती कर्मचारी रुपन्देहीमा आवद्ध कर्मचारीहरुको सहभागिता रहेको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य नबिन पन्थीले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज