विद्यार्थीका लागि आम्दानीको माध्यम बन्दै च्याउ र तरकारी खेती

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता

फाइल तस्बिर

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । म्याग्दीमा संचालित प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् ।

पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२ स्थित मंगला माध्यमिक विद्यालय र मालिका गाउँपालिका ७ बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी,फलफुल च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी समेत गर्न थालेका हुन् ।

मंगला माध्यमिक विद्यालयमा प्राविधिक धार कक्षा (९–१२)मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षा कोठा बाहेक खेतबारीमा समेत पुगेर च्याउ उत्पादन गरी बावियाचौरमा बिक्री गर्दै आएका विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले जानकारी दिनुभयो । बजारमा विद्यार्थीहरुले उत्पादन गरेको च्याउलाई विद्यार्थी च्याउले चिनिने गरेको छ ।

विद्यालयले प्राविधिक धारका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि जग्गा भाडामा लिएर च्याउ खेती सुरु गरेको छ । प्रधानाध्यापक खत्रीका अनुसार विद्यार्थीहरुले उत्पादन गरेको च्याउ बजारमा प्रतिकेजी एक सय २५ रुपैयाँमा बिक्री वितरण हुँदै आएको छ ।

“विद्यार्थीले उत्पादन गरेको च्याउ अहिले बावियाचौर बजारमै खपत हुने गरेको छ, विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौ,विद्यार्थीले लगाएको च्याउको बजार खोज्न समेत सघाउँछौँ” प्रअ खत्रीले भन्नुभयो ।

ADVERTISEMENT

विद्यालयमा आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको प्रअ खत्रीको भनाई छ । माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन् । बाली विज्ञान अध्ययनरत ४४ जनाविद्यार्थीहरूले सामुहिकरुपमा च्याउ खेती गरेका छन् । विद्यार्थीहरुको समय कक्षा कोठा र खेतबारीमा धेरै वित्ने गरेको छ ।गाउँमै बाली विज्ञान पढ्न पाएकोमा विद्यार्थी खुसी छन् ।

एक महिनामै उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रसस्तै आम्दानी गर्न सकिने भएकाले च्याउ खेतीका लागि समुदायलाई समेत सन्देश प्रवाह गरेको विद्यार्थी दिपेश थापाले बताउनुभयो । आइतबारसम्म बारीबाटै १७ केजीभन्दा बढी च्याउ बिक्री गरिएको उहाँको भनाइ छ ।

विद्यालय उमेरमै पाठ्यपुस्तकसँगै ब्यवहारिक ज्ञान समेत आर्जन गर्न पाएकोमा भविष्यमा प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्नेमा विश्वस्त रहेको विद्यार्थी बताउँछन् ।नेपाल सरकारको नमूना विद्यालय मंगला माविले भाडामा लिएको २ रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर, प्याजको बिउ लगायतका उपज फलाउने गरेका छन् ।

विद्यालयमा बि.स २०७६ सालमा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई नियमित पढाइ भइरहेको छ । उक्त धारमा ल्याब असिस्टन्टेन्टसहित ९ जना दरबन्दी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?