कालीकोट । राष्ट्र गुरु योगी नरहरिनाथको ११० औँ जन्म जयन्तीको अवसरमा जिल्लाको नरहरिनाथ गाउँपालिकाले बिहिवार (भोलि) स्थानीय बिदा दिने निर्णय भएको छ । वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकाण्ड विद्वान् योगी नरहरिनाथको शुभ जन्मोत्सवको अवसरमा गाउँपालिकास्थित सम्पूर्ण वडा कार्यालय, विद्यालय, संघसंस्था र घरघरमा दीप प्रज्वलन गर्ने गरी स्थानीय बिदा दिएको हो ।
बुधबार गाउँपालिकाले एक सूचना जारी गर्दै योगी नरहरिनाथको (१९७१–२०५९) को ११०औँ जन्म जयन्ती रहेको जानकारी गराउँदै एक दिनका लागि स्थानीय बिदा दिने निर्णय गरेको नरहरिनाथ गाउँपालिका वडा नम्बर–९ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता प्रदीप बोहोराले बताउनुभयो ।
नेपालका एक अध्यात्मिक व्यक्ति योगी नरहरिनाथ नेपालका उद्भट आध्यात्मिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । योगी आजीवन अन्वेषकका रूपमा रहेको पाइन्छ । देश एवं विदेशका धेरै ऐतिहासिक तथा पुरातात्त्विक स्थानहरूको भ्रमण गरेर उहाँले अध्ययन अनुसन्धान गर्नुभएको थियो ।
एक कुशल साहित्य सर्जकका रुपमा समेत परिचित राष्ट्र गुरु योगी नरहरिनाथ सिद्धहस्त आषु कविका रूपमा पनि परिचित हुनुहन्छ । १७ फागुन १९७१ मा कालीकोटको लालु गाउँमा जन्मिनुभएका यागीको मृत्यु १३ फागुन २०५९ सालमा गोरकक्षपीठ, मृगस्थली, काठमाडौँमा भएको थियो ।
जन्मजयन्तीको अबसरमा सांस्कृतिक महोत्सवसमेत हुँदै
राष्ट्र गुरु योगी नररिनाथको ११० औँ जन्म जयन्तीका अबसरमा नरहरिनाथ गाउँपालिकाको वडा नम्बर–८ मा छेटौं रहगाड सांस्कृतिक महोत्सवको आयोजना समेत गरिएको छ ।
विश्व शान्तीका तपस्वी मौलिक लोक संस्कृति र पहिचानका धरोहर राष्ट्रगुरु योगी नरहरिनाथको जन्म जयन्तीको अबसरमा फागुन १७ गते सांस्कृतिक महोत्सव समेत आयोजना गरिएको योगी नरहरिनाथका विश्व प्रचारक रत्नकमल बिष्टले बताउनुभयो ।
उहाँले महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै हरेक वर्ष योगी नररिनाथको सम्झनामा विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्ने गरिएको बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts