सिन्धुली । कोदालो प्रहार गरेर श्रीमानले सिन्धुलीमा श्रीमतीको हत्या गरेका छन् ।
जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धहादुर विकले बुधबार श्रीमती ३४ वर्षीया चेत कुमारी विकको हत्या गरेका हुन् ।
घरबाट १ किलोमिटर उत्तर पर्ने धन्सारस्थित खेतमा काम गर्ने क्रममा कोदालोले टाउकोमा प्रहार गर्दा श्रीमती चेत कुमारीको घटनास्थलमा नै मत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार श्रीमतीको हत्या गर्ने बुद्धबहादुरलाई प्रहरी चौकी दुधौली नियन्त्रणमा लिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts