भोजपुर । २०२२ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पसको ५८औँ वार्षिक उत्सव बिविध कार्यक्रम गरी मनाइने भएको छ ।
फागुन १५ गतेबाट १८ गतेसम्म क्याम्पसको बार्षिक उत्सव मनाउन लागिएको हो । हरेक वर्ष निरन्तररूपमा मनाउँदै आएको यस बर्षको वार्षिक उत्सव कार्यक्रमको तयारीका विषयमा जानकारी दिन सोमवार आयोजित पत्रकार सम्मेलन वार्षिक उत्सव मुल समारोह समितिका संयोजक तथा भोजपुर बहुमुखी क्याम्पसका प्रमुख भुलानाथ राईले बताउनुभयो ।
वार्षिक उत्सव व्यवस्थित र भव्यताका साथ मनाउन क्याम्पस प्रमुखको संयोजकत्वमा ६५ सदस्यीय मूल समारोह समिति, ५ वटा उपसमिति र १२ वटा खेल सञ्चालनका लागि टिम गठन गरिएको प्रमुख राईले जानकारी दिनुभयो । उत्सवको तालिका अनुसार पहिलो दिन म्याराथन, चेस, भलिबल, फुटबल र ब्याडमिन्टन प्रतियोगिता, १६ गते टेवलटेनीस र १५ गते भएका खेलको फाइनल खेल संचालन गरिने छ ।
यस्तै १७ गते हाजिरी जवाफ प्रतियोगिता, म्युजिकल चेयर नृत्य, गायन, र कविता वाचन, डोरी तान्ने र फुटसल प्रतियोगिताको फाइनल हुने छ भने १८ गते मञ्चको कार्यक्रम सहित अतिथीहरुबाट शुभकामना मन्तव्य सहित पुस्कार बितरण कार्यक्रम हुने क्यापसले जनाएको छ । भोजपुर बहुमुखी क्याम्पसमा हाल व्यवस्थापन, मानविकी र शिक्षा शास्त्र संकाय कुल छ सय ९५ विद्यार्थी अध्ययनरत रहेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts