डलर देखाएर ठगेको रकम मुद्दती खातामा प्रयोग

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । एक गिरोहले १० वर्षदेखि डलर देखाएर ठगी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले बाहिर डलर राख्ने र भित्र सोही आकारका कागज राखेर डलर साट्ने भनी नेपाली रुपैयाँ लिएर लाखौँ ठगेको पाइएको छ ।

सिन्धुपाल्चोकका रामबहादुर तामाङ, सोही जिल्ला घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने विवी तामाङ र रौतहट चन्द्रपुर घर भई काठमाडौं बस्ने फरेन एक्सचेन्ज सेन्टरका सञ्चालक शङ्कर रेग्मीको मिलेमतोमा वर्षौँदेखि ठगी धन्दा चलाउँदै आएका अनुसन्धानबाट पुष्टि भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । यसरी ठगी गरिएको रकम विभिन्न सहकारीमा लगेर मुद्दती खातामा राख्ने गरेको र केही रकम मिटरब्याजमा समेत लगानी गरेको भेटिएको उहाँले बताउनुभयो ।

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुले उपत्यकाको विभिन्न स्थानका व्यक्तिलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर मिलाई दिन्छौँ भनि प्रलोभन देखाएर डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली रूपैयाँ ठगी गर्ने गरेका थिए ।

ADVERTISEMENT

“दश वर्षदेखि कति ठगी गरेका छन् भन्ने कुरा अनुसन्धानकै क्रममा छ । गिरोहका केही योजनाकारलाई समातेका छौँ । अन्यको खोजी जारी छ”, रेग्मीले भन्नुभयो । तीन जनालाई समातिएको भन्दै यसबारे थप अनुसन्धान जारी रहेको उहाँले जानकारी दिनुभयो ।

रेग्मीका अनुसार उनीहरुले चलाखी गरी आफू घटनास्थलमा देखा नपरी विभिन्न व्यक्तिलाई प्रयोग गरेर ठगी धन्दा चलाउँदै आएका छन् । ती गिरोहले ठमेलस्थित फरेन एक्सचेञ्ज सेन्टरमा लगेर ठगीमा प्रयोग हुने डलर साट्ने गरेका अनुसन्धानका क्रममा खुलेको उहाँले बताउनुभयो । “त्यही डलरको आकारमा कागज काटेर मिसाउने गरेका खुलेका छ”, रेग्मीले भन्नुभयो ।

तामाङको साथबाट ७१ हजार नेपाली रुयैयाँ र ६०७ अमेरिकी डलर तथा डलर मिलाईदिने व्यक्ति फरेन एक्सचेन्ज सेन्टर प्रालिका सञ्चालक रेग्मीबाट रु तीन लाख र पाँच सय ८३ डलर बरामद गरिएको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?