पश्चिम नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टर बन्ने

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ मा १५ करोड रुपैयामा ट्रमा सेन्टर बन्ने निश्चित भएको छ । माघ १८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बहुबर्षिय ठेक्का तथा स्रोत सुनिस्चितता गर्दै सहरी बिकास तथा भवन निर्माणलाई पत्र पठाएपछि बर्दघाटमा नै ट्रमा सेन्टर बन्ने सुनिश्चित भएको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनु भयो ।

पटक पटक रकम छुट्याइए पनि फ्रीज भैरहेको अवस्थामा अहिले भने रकम फ्रीज हुन नदिने नगर बताउदै नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरपालिकाले ट्रमाका लागी आफ्नो प्रतिष्ठाको बिषय बनाएर अघि बढेकोले यो बर्षको बजेट फ्रीज हुन नदिइने श्रेष्ठले बताउनु भयो । 'हामीले ट्रमाका लागी २० करोड माग गरेका थियौ । अहिले १५ करोडको स्रोत सुनिश्चितता भएको छ । यसलाई कार्यन्वयनमा ल्यौजान्छौ,' नगर प्रमुख शम्भुलाल श्रेष्ठले भन्नुभयो ।

सुरुमा ५० बेडको ट्रमा सेन्टर निर्माण गर्नेका लागी १० करोड रकमको स्रोत सुनिस्चितता भए तर काम अगाडी बढ्न सकेन र रकम फ्रीज भयो । त्यस पछि गत बर्ष ट्रमाकै लागी ४ करोड रुपैयाको स्रोत सुनिस्चितता भएपनी जग्गा प्राप्तिका नभएका कारणले काम नभएकाले रकम फ्रीज भयो । दुई पटक दुई पटक रकम फ्रीज भएको बताउदै उहाँले अहिले छुट्टीइएको बजेट कुनै पनि हालतमा फ्रीज हुन नदिइने तयारीमा बर्दघाट नगरपालिका रहेको नगर प्रमुख श्रेष्ठले बताउनु भयो । 'गत बर्ष पनि नगरले काम गर्ने खोजेको हो तर तर समय कम भएका कारणले तेतिबेला प्रक्रिया गर्दा गर्दै त्यसको समय नै बितिसकेछ । अहिले स्रोतको सुनिश्चितता समयमा नै भएको छ । अहिले ट्रमाको प्रक्रिया समयमा नै सुरु हुन्छ,' नगर प्रमुख श्रेष्ठले भन्नु भयो ।

ADVERTISEMENT

बर्दघाट नगरपालिकाबाट सुरुमा ५० बेडको ट्रमा सेन्टर निर्माण गर्ने निर्णय गरिएपनि मन्त्री परिदषको पौष २२ गतेको निर्णयले २५ बेडको ट्रमा बनाउने निर्णय गरि अर्थ मन्त्रालयलाई रकम सुनिश्चितताका लागी पत्र पठाएको थियो । गत पौष २३ गते अर्थ मन्त्रालयले कार्यक्रम संशोधन गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र पठायो ।

त्यसपछि पौष २५ गते स्वास्थ्य मन्त्रालयले ट्रमा निर्माणका लागी स्रोतको सहमतिका लागी अर्थ मन्त्रालयलाई पत्र पठाए पछि अर्थ मन्त्रालयले माघको १७ गते बहुबर्षीय ठेक्का तथा स्रोत सुनिश्चितता सहमति दिएसंगै स्वास्थ्य मन्त्रालयले शहरी बिकास तथा भवन निर्माण बिभागलाई माघ १८ गते पत्र पठाउदै ट्रमा सेन्टर निर्माण कार्य बर्दघाट पश्चिम नवलपरासीको भवन निर्माणका लागी १५ करोड रुपैयाको स्रोत सुनिश्चितता भएकाले कार्यान्वयन गर्न पत्र पठाएकोसंगै ट्रमा सेन्टर निर्माण हुने सुनिश्चितता भएको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।

'हामीले ट्रमाका लागी अर्थ मन्त्रालयसङ्ग २० करोड रुपैया रकम माग गरेका थियौ तर अहिले अर्थले १५ करोड रुपैयाको बजेट सुनिश्चितता गर्‍यो,' नगर प्रमुख श्रेष्ठले भन्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?