मंगलबार बिहानै भूकम्पको धक्का महसुस

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको हाट डाँडा केन्द्रबिन्दू बनाएर ४ दशमलव १ म्यानिच्यूडको भूकम्प गएको हो ।

मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको केन्द्रले जनाएको छ । यसको थप विवरण भने आइसकेको छैन । यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *