गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार नजिक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २८ हजार ९ सय ८५ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले अक्टोबर ७, २०२३ मा इजरायल-हमास द्वन्द्व शुरु भएपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएको बताएको छ ।

इजरायली सेनाले पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको हत्या गरेको र २०५ जना घाइते भएको मन्त्रालयले जनाएको छ । बमबारी र सिभिल डिफेन्स र एम्बुलेन्स टोलीको अभावमा केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ ।

ADVERTISEMENT

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास बिरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको छ । जसमा करिव १ हजार २ सय मानिसहरू मारिएका थिए । २ सय भन्दा बढीलाई बन्धक बनाएका थिए ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज