स्वयंसेवी रक्तदाता समाज गुल्मीको अध्यक्षमा पाण्डे निर्वाचित

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीमा नेपाल स्वयंसेवी रक्तदाता समाजको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा भएको नेपाल स्वयंसेवी रक्तदाता समाजको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले आगामी तीन वर्षको लागि नयाँ कार्य समिति चयन गरेको हो ।

दोस्रो जिल्ला अधिवेशनबाट नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी शाखाको अध्यक्षमा भेषराज पाण्डे सर्वसम्मत निर्वाचित हुनुभएको छ । जसको उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे, सचिवमा वीर बहादुर कार्की, कोषाध्यक्षमा विष्णुप्रसाद अधिकारी निर्वाचित हुनुभएको हो ।

त्यस्तै, देवीराम पन्थी, ढुण्डीराज पन्थी, झविलाल पाण्डे, जयप्रकाश भट्टराई, निर्मला पोखरेल, केशब अधिकारी र श्याम पन्थी नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी शाखाको कार्यसमिति सदस्य रहनुभएको छ ।

ADVERTISEMENT

अधिवेशनको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले रगतको अवाश्यकतालाई परिपूर्ति गर्ने गरि संस्थाले काम गरेको भन्दै सबै यस संस्थासँग जोडिन आवश्यक रहेको बताउनुभयो । सबै भौतिक विकासतर्फ लागेको हुँदा सामाजिक विषयहरु पछि परेको उहाँले बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले आगामी दिनमा पनि कसैलाई रगत अभावमा मृत्यु हुन नदिन आफुले थप सक्रियतापूर्वक काम गर्ने भन्दै दुर्लभ रहेको नेगेटिभ ब्लडलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । क्याम्पस तथा स्कुलहरुमा रक्तदान सम्बन्धि उप्रेरणामूलक कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

यो संस्था २०७६ असार १३ गते जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर पहिलो पटक जिल्लामा संस्थाको स्थापना गरिएको थियो । जिल्लामा ब्लड बैंक नभएको अवस्थामा स्वयंसेवी रक्तदाता समाज गुल्मीले रगत आपूर्ति गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज