भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिका बालश्रममुक्त पालिका घोषणा भएको छ । पालिका भित्र रहेका छ वटै वडाहरुलाई बालश्रम मुक्त वडा घोषणा गरिएसँगै आइतवार औपचारिक कार्यक्रम मार्फत पालिकालाई बालश्रम मुक्त घोषणा गरिएको हो ।
प्रदेश सांसद सिर्जना राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अव पालिका भित्र बालश्रमिक कोही पनि नरहेको भन्दै पालिकालाई पूर्णरुपमा बालश्रममुक्त घोषणा गरिएको छ । दुई वर्षअघिबाट पालिकाले बालश्रममुक्त घोषणा कार्यक्रमको थालनी गरेको थियो । कार्यक्रम सञ्चालनको लागि प्रत्येक वडामा गणकहरु खटाएर तथ्याङ्क संकलन गरिएको थियो भने पालिका भित्रका ३२ ओटा विद्यालयमा बालश्रममा पर्न सक्ने सम्भावना भएका बालबालिकालाई शैक्षिक सामग्री वितरणसँगै सचेतना कार्यक्रम सञ्चालन, सरोकारवाला निकायलाई सकृय बनाउँदै गाउँ बालअधिकार समिति, विभिन्न ठाउँमा बाल क्लव गठनको कामलाई प्रभावकारी बनाईको पालिकाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश सांसद राईले पालिकावासीको मेहनत र सक्षमताले पालिका बालश्रम मुुक्त भएको भन्दै बालश्रम मुक्त मात्र नभएर अव जनता आवास कार्यक्रम, बिद्युतीकरण लगायतका कार्यक्रमहरु पनि प्रभावकारी हुने बताउनुभयो । उहाँले पालिका बालश्रम मुत्त, भएकोमा पालिकावासीलाई बधाई समेत दिनुभयो । बालश्रमका सबै सुचक र मापदण्ड पूरा गरेपछि गाउँपालिकालाई बालश्रमुक्त घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो । भट्टराईले भन्नुभयो ,“हामीले श्रमको जोखिममा पर्न सक्ने बालबालिकाको विवरण राखेर थप कार्यक्रम सञ्चालनको तयारी गरेका छौँ । घोषणा पश्चात उनीहरुलाई बालश्रममा लाग्न नदिनको लागि सरोकारवाला पक्षलाई सचेत गराएका छौँ । बालश्रमलाई पूर्णरुपमा अन्त्य गर्नको लागि भावी दिनमा पनि सबैपक्ष गम्भीर भएर लाग्न आवश्यक छ ।” गाउँपालिकाले यस तर्फ पनि बिषेश ध्यान दिन्छ ।
पौवादुङमा गाउँपालिका कोशी प्रदेशमा बालश्रममुक्त घोषणा गर्ने पहिलो पालिका समेत भएको दावी गरिएको छ । “गाउँपालिकामा बालश्रम शून्य भएको अवस्था छ” अध्यक्ष किरण राईले भन्नुभयो, “हामी गाउँपालिकालाई बालश्रममुक्त घोषणा गरेका छौँ । यो घोषणालाई पूर्ण कार्यान्वयन गर्न सवै पक्ष गम्भिर बन्न आवश्यक छ ।” प्रत्येक बर्ष गाउँपालिका, प्रदेश, संघीय सरकार तथा विभिन्न निकायलहरुसँग सहकार्य गरि बालश्रममुक्त गाउँपालिका सुनिश्चतता गरिने छ ।
बालश्रमुक्त गाउँपालिका घोषणा कार्यक्रममा प्रदेश सांसद राईसहित जिल्ला समन्वय प्रमुख कमल थुलुङ राई, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, गाउँपालिका उपाध्यक्ष, जनप्रतिनिधी, कर्मचारी, सुरक्षा निकायका प्रमुख, अन्य सरोकारवाला निकायका प्रतिनिधी र नागरिकको सहभागिता रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts