काठमाडौं । मौसम अब विस्तारै बदलिने क्रममा छ। तराईका जिल्लाहरुमा चिसो मौसम सकिएर गर्मी मौसम सुरु भएको छ । पहाडी र उपत्यकामा पनि विस्तारै चिसोकम हुँदै गएको छ । मौसमको बदलावसंगै विभिन्न सरुवा रोगहरुले पनि आक्रमण गर्न थाल्छन्। मौसमको बदलावको बीचमा फैलिने त्यस्ता रोगहरु मध्ये रुघा–खोकी पनि एक हो।
आजकल रुघाखोकी लाग्ने बित्तिकै औषधि किन्न जाने चलन छ। तर यहाँ केही त्यस्ता घरेलु पद्धतीको बारेमा चर्चा गरिएको छ, जसले रुघा खोकीलाई सजिलै निको पारिदिन सक्छन्।
रुघाको असर कम गर्ने सबैभन्दा पुरानो उपाय हो । शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । पर्याप्त तरल पदार्थ पिउने तथा पानी पिउने गर्नुपर्दछ । पसिनाबाट गइरहेको पानीको मात्रा चिसो वा तातो तरल पदार्थ सेवनले शरीरमा परिपूर्ति गर्छ। सुप लगायतका तातो चिज पिउँदा नाकमा सिंगान जम्न कम हुन्छ । खकार, सिगांन पातलको बनाउँछ, घाँटी र स्वासनली थुनिन पाउँदैन। सिगांन जति पातलो हुन्छ, त्यति नै बाहिर निकाल्न सजिलो हुन्छ।
१. तातो पानीमा नुन मिसाएर घाँटी कुल्ला गर्नुहोस्।
२. हल्का तातो-पानीको वाफ लिनुहोस्। पानी धेरै तातो भयो भने छालालाई असर गर्छ।
३. चिया पिउँदा, अदुवा राखेर चिया पिउनुहोस्।
४. पुदिना र तुलसीको पातलाई उमालेर पिउनुहोस्।
५. लसुनलाई पानीमा उमालेर, लसुनको सुप पिउनुहोस्।
६. हातले धेरै किटाणु शरीरमा जाने हुँदा, हातलाई सधै सफा राख्नुहोस्।
७. दूधमा जायफल अदुवा एवं केसर हाले उमाल्नुहोस् । उमालेर आधा भएपछि त्यसलाई पिउनाले रुघा ठीक हुन्छ ।
८. फलफुलको जुस लगायत हरिया तरकारीहरु खानुस्। यसमा हुने एन्टीअक्सिडेन्टहरुले रुघाको भाइरसविरुद्ध लड्न मद्धत गर्छ।


- पत्रपत्रिकाको सहयोगमा






