बझाङ । बुंगल नगरपालिकाले खरिद गरेको जेसीबी अबैधानिक रहेको आरोप लागेको छ । बुंगल नगरपालिकाले २०७६ सालमा खरिद गरेको जेसीबीको नगरपालिका संग कुनैपनि कागजात तथा श्रेस्ता नभेटीएको जेसीबी छानबिन समितिका संयोजक धुर्वराज जोशीले बताउनुभयो। उहाँले खरिद गर्नेबेलामा आफु नगरपालिकामा कर्मचारी नरहेको भएपनि छानविन समितिको संयोजक भएपछि आफुले नगरपालिकामा जेसीबीका सम्पुर्ण कागजात खोज्दै गर्दा कुनैपनि कागजात नभेटाएको बताउनु भयो ।
निवर्तमान नगरप्रमुख धनबहादुर बिष्ट नगरप्रमुख रहेकाबेला खरिद गरेको जेसीबीको कुनै पनि कागजात नभएको र अबैधानिक रहेको जानकारी आएपछि स्थानिय युवा रामचन्द्र जोशीले छानविन गरीपाउँ भन्दै गत जेठमा नगरपालिकामा निवेदन दिनुभएकाे थिए । त्यसपछि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद चापागांइले नगरपालिकाको प्रशासन शाखामा कार्यरत धुर्वराज जोशीको संयोजत्वमा तीन सदस्यीय छानविन समिति गठन गर्नुभएकाे थियो।
छानविन समितिले जेसीबीका कागजात खोज्दै गर्दा खरिद गर्नेबेलाको कुनैपनि कागजात फेला नपरेको र भुक्तानि गर्ने बेलामा भौचर र बुद्ध इलेक्ट्रो पावर प्राइभेट लिमिटेडको ३५ लाख ९५ हजारको भ्याटबिल, १ लाख ८० हजारको बैंक ग्यारेन्टीमात्रै फेला परेको भएपनि अन्य कुनैपनि श्रेस्ता नभेटीएपछि छानविन गर्न नसकिएको छानविन समिति संयोजक जोशीले बताउनुभयो ।
जेसीबीको हालसम्म बिल बुकलगायत अन्य कुनैपनि कागजात भेटिएको छैन । उक्त जेसीबी अहिले बिग्रिएर काम नलाग्ने अवस्थामा रहेको छ । जेसीबीको हाल सम्म कुनैपनि कागजात नभेटिएको र मर्मत गर्नको लागि पनि लाखौ रुपैयाँ खर्च हुने भन्दै नगरपालिकाले भने नयाँ जेसिबी किन्नका लागि बजेट विनियोजन गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नगरप्रमुख जय बहादुर धामीले बताउनु भयो ।











देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता