धरान । चलचित्र ‘खजुरे ब्रो’ को छायांकन सकिएको छ । चलचित्रको सम्पूर्ण छायांकन २५ दिनमा सकिएको कार्यकारी निर्माता डायमन्ड उप्रेतीले जानकारी दिनुभयो । पारिवारिक व्यंग्यात्मक जनरामा आधारित यो चलचित्रले धरानको संस्कृतिको प्रवद्र्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ ।
चलचित्रको छिट्टै पोष्ट प्रोडक्सनको काम अघि बढ्ने निर्माता नवीन मानन्धरले जानकारी गराउनुभयो । दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्देशक सुरज सुनुवारको निर्देशनमा निर्माण भएको यो चलचित्रको निर्माण नवीनसँगै सुरज सुनुवारले गर्नुभएको हो । चलचित्रको लेखक पनि निर्देशक सुनुवार नै हुनुहुन्छ ।
चलचित्रमा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल, बिनिता थापामगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राईलगायत कलाकारको अभिनय छ । चलचित्रमा दाजीर्लिङका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ । चलचित्रमा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिका निर्वाव गर्नुभएको छ ।
चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुनुहुन्छ । शिशिर बिसंखेले छायांकन गरेको चलचित्रमा अनमोल गुरुङको संगीत, सोनाली शिल्पकारको मेकअप छ । चलचित्रको सहनिर्मातामा अनिल मानन्धर र पिकेश मानन्धर रहनुभएको छ । दिब्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गरेको चलचित्रमा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रा.लि.को रहेको छ । चलचित्र जेठ महिनामा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ ।






