जुम्लामा लागुऔषध नियन्त्रण गर्न अभियान चलाउँने तयारी

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लामा लागुऔषधको नियन्त्रणका लागि जिल्ला स्तरमा साझा रुपमा अगाडि बढ्न तयारी गर्न गृहकार्य भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनामा साझा अभियानअन्तर्गत पहिलो चरणमा लागुऔषध विरुद्धको लालटिन समन्वय समिति, जिल्ला प्रहरी कार्यालय जुम्ला, चन्दननाथ नगरपालिकाका, नेपाल पत्रकार महासंघ शाखा जुम्ला विचमा सुझाव संकलन तथा कसरी अगाडि जाने भन्ने बिषयमा अन्तरक्रिया गरिएको छ ।

अन्तरक्रियामा सवै वडामा सुचनापाटी राख्न पहल गर्नेसहित ३ वटा निर्णय भएको छ । प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीकाअनुसार लागुऔषध नियन्त्रण गर्न प्रहरीले मात्रै सम्भव नहुने भन्दै सवैको सहकार्यमा कसरी नियन्त्रण गर्न सकिन्छ भनेर आकश्मिक वैठकको तयारी गरिएको जानकारी दिनुभयो ।

प्रहरीले थालेको पहिलो वैठकमा एक महिना भित्र स्थानीय तहका प्रमुख, उपप्रमुखसहित सरोकारवाला निकायको उपस्थितिमा कार्यक्रम गरि जिल्लाको रणनीतिक योजना तयार गर्ने, समाजका विकृतिलाई प्रभावकारी ढंगले कार्यसम्पादन गर्ने, सवैले आफ्नो क्षेत्रमा काम गर्ने, लागुऔषधमा संलग्न व्यक्तिहरुलाई नेपाल प्रहरी माताहतको सुधार केन्द्र, आश्रय केन्द्र स्थापना गर्न जग्गा प्राप्तिका लागि पहल गर्ने निर्णय भएको छ ।

अन्तरक्रियामा सरोकारवाला निकायले यस सवालमा सूचना दिने देखी विभिन्न काममा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । चन्दननाथ नगरपालिकाका नगरउपप्रमु रामदेवी खड्काले हाम्रो समाजमा लागु औषधको विषय गम्भिर रुपमा आएर अगाडि बढेकाले स्थानीय सरकारको नीति कार्यक्रममा प्राथमिकता हुने बताउनुभयो ।

ADVERTISEMENT

चन्दननाथ नगरपालिका २ कि गोमा खत्री भण्डारीले महिला सञ्जाल मार्फत सचेतनाका अभियान अगाडि बढाउन अनुरोध गर्नु भयो । जुम्लामा लागुऔषध प्रयोग र विक्रीकर्ता बढ्दै गईरहेको समयमा जिल्लामा लागुऔषध विरुद्धको लालटिन समन्वय समितिले सक्रियता जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयको योजनाअनुसार जिल्ला प्रहरी निरीक्षक उमेश चन्दको नेतृत्वमा लालटिन समन्वय समिति छ । समितिले स्थानीय सरकार र सरोकारवाला निकाय सँग समन्वय गरेर सचेतना कार्यक्रम, नियन्त्रण गर्ने उपायका विषयमा रणनीति बनाउने प्रयास गरिएको समितिका अध्यक्ष तथा प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।

जुम्लामा चालु आ.व.मा यो बर्षको हाल सम्म १२ वटा लागु औषधका मुद्दा दर्ता भएका छन् । जसमा २८ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?