नवलपरासी । सरकारको भूमिका खोज्दै चर्चित अभियान्ता ई. को लुम्बिनीदेखि सिंहदरबारसम्मको पैदल यात्रा आज बर्दघाटमा आइपुगेको छ ।
अभियान्ता ई. ले तीन बुँदे मागसहित पैदल यात्रा सुरु गरेको तेस्रो दिन आज बर्दघाट आईपुग्नु भएको हो । सडक व्यापारीलाई बिना बिकल्प राज्यले गरेको असमान ब्यवहारका विरुद्धमा आफुले पैदल यात्रा सुरु गरेको उहाँले हिमालय टाइम्सलाई बताउनु भयो ।
सामाजिक न्याय सुनिश्चित गर्ने प्रावधानले भरिपूर्ण र समाजवाद उन्मुख लेखिएको संविधानको सार्थकता पुष्टि गर्न एवं आमजनतामुखी कारुणिक शासन प्रोत्साहन गर्न अब यस विषयमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउन ई ले लुम्बिनीको मायादेवी देखि सिंहदरबार सम्मको पदयात्रा तय गरेको बताउनु भएको छ ।अभियन्ता ई लाई विभिन्न ठाउँबाट नागरिकहरूले समर्थन गरिरहेका छन ।
९ दिनको दिन सिंहदरबार पुगेर तीन बुँदे प्रतिवेदन बुझाउने तयारी रहेको छ । उहाँसँगै लुम्बिनीबाट सौरव न्यौपाने चाउ पनि ई सँगै सहभागी हुनुभएको छ । माघ २७ गतेदेखि ९ दिनको पैदल यात्रा गरी फाल्गुन ७ गते सिंहदरवार पुग्ने उहाँले बताउनु भयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता