भोजपुर । मेलमिलापको माध्यमबाट न्यायीक प्रक्रियालाई सहज बनाउने उद्धेश्यका साथ भोजपुरमा आठ दिने प्रशिक्षण सुरु भएको छ ।
मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा भोजपुर नगरपालिकामा आगामी फागुन ६ गतेसम्म संचालन हुने तालिममा नगर भित्रका प्रत्येक वडाबाट तीन–तीन जना गरी ३८ जनाको सहभागिता रहेको छ । वडा तहमा देखिने बिवादहलाई वडा स्तरमै मेलमिलापको माध्यमबाट टुंग्याउन सकेमा न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन सकिने भोजपुर नगरपालिकाका उपप्रमुख तथा न्यायीय समिति संयोजक निर्मला शेर्पाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “वडा तहबाट सहभागि गराएर संचालन गरिएको मेलमिलाप सम्वन्धी तालिम प्रभावकारी छ, यसले न्यायीक प्रक्रियामा समेत सहजता कायम गर्छ ।” संचालित तालिमा सकिएसँगै वडा तहमा नै मेलमिलाप केन्द्र संचालन गरिने छ । तालिमका सहभागिले तालिम पश्चात आआफनो वडामा गएर देखिएका बिवादहरु मेलमिलापको माध्यमबाट समाधान गर्नका लागि पहल गर्नु हुने छ ।
वडा तहमा देखिएका आपसी बिवादहरुको समाधान गर्दे नगरलाई बिवाद मुक्त बनाउनमा समेत मेलमिलाप सम्वन्धी तालिमले भुमिका निर्वाह गर्ने नगर उपप्रमुख शेर्पाको धारणा रहेको छ । तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको सीप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गुणहरु र मेलमिलापका आचारसहिंता, सहमतिय निकास लगायतका बिविध बिषयमा सहजीकरण हुनेछ ।
मेलमिलामकर्ता मार्फत विवाद निरुपण हुने बातावरण सिर्जना भए विकास निर्माणले समेत थप गति लिने नगरप्रमुख कैलाश कुमार आलेले बताउनुभयो । मेलमिलापबाट समाधान गरिएका विवादहरु कार्यान्वयनमा समेत प्रभावकारी हुने हुनाले मेलमिलाप प्रक्रियालाई नगरले प्राथमिकता दिने नगरप्रमुख आलेको भनाई रहेको छ ।
मानव अधिकार मञ्च नेपाल इलामका पारस राई र सन्तोष मगरले मेलमिलापका बिषयहरुमा सहभागिलाई सहजीकरण गर्दै आउनु भएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts