नागरिकको अपेक्षा अनुसार काम गर्ने पालिका अध्यक्षको प्रतिबद्धता

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाका जनप्रतिनिधीहरुले पालिका भित्रका नागरिकको अपेक्षा अनुसार जनमुखी काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

निर्बाचनमा निर्बाचित भएपछि हालसम्म गरेका मुख्य अभ्यास र कामको बिवरण सार्वजनिक गर्नु हुदै गाउँपालिका अध्यक्ष थामबहादुर राईले आम नागरिकहरुको गुनासो र सुझाब लिँदै आगामी दिनमा सोही अनुसार काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

पालिकाको आयोजनामा आर्थिक बर्ष २०८०/०८१ को अर्धबार्षिक समिक्षा सहितको बृहत सार्जनिक सुनुवाई कार्यक्रममा पालिका अध्यक्ष राईले गाउँपालिकाले नीति तथा कार्यक्रम अनुसार जानमुखी कामहरु हुँदै आईरहेको बताउनु भएको थियो ।

सोक्रममा पालिकाले अहिलेसम्म सुशासनका लागि गरेका प्रयासहरु, भौतिक पूर्वाधार, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा भएका कार्यहरु पनि सार्वजनिक गरिएको छ । गाउँपालिकाको आयोजनामा वडा नम्वर ३, भुल्केमा भएको सार्वनिक सुनुवाई कार्यक्रममा सहभागि जनप्रतिनिधीहरुले भई रहेका कामहरुका बारेमा सहभागि नागरिकहरुलाई जानकारी गराउनु भएको थियो ।

ADVERTISEMENT

सार्वजनिक सुनुवाईमा आएको गुनासो तथा सुझावलाई मार्ग निर्देशनकोरुपमा आगामी दिनमा पालिकाले कार्यान्वयन गर्ने पालिका अध्यक्ष राईको भनाई रहेको छ ।

राईले भन्नुभयो, ‘निर्वाचनको समयमा जारी गरेको घोषणापत्र अनुरुप हामीले काम गर्दै आएका छौँ, आगामी दिनमा पनि नागरिकका लागि प्रभावकारी काम गर्छो ।” गाउँपालिकाले चालु आवमा विनियोजित कार्यक्रम मध्ये भौतिक पूर्वाधारमा करिब २७ प्रतिशत योजना सम्पन्न गरि सकेको छ भने अन्य योजनाहरु संचालनमा रहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज