‘पत्रकारिता पेशालाई निष्पक्ष र विश्वसनीय बनाउनु पर्छ’

निरोज कोइराला भोजपुर, संवाददाता
Press Chautari Bhojpur
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । पत्रकारिता पेशालाई निष्पक्ष र विश्वसनीय बनाउनु आवश्यक रहेको भोजपुरमा आयोजित कार्यक्रमका सहभागि अतिथि बक्ताहरुले जोड दिएका छन् ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा भोजपुरले २६ औँ स्थापना दिवसको अवसरमा सोमवार गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमका अतिथिहरुले सो कुरामा जोड दिएका हुन् । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एक्सन राईले पत्रकारिता क्षेत्रमा चुनौती र सम्भावना थपिएकोले आधुनिक प्रविधि अनुसार चल्न आवश्यक रहेको बताउँदै सामाजिक सञ्जालका कारण सुचना प्रवाहहरुमासमेत सहजता भएको बताउनुभयो ।

सोहीक्रममा शुभकामना दिनु हुदै नेपाल प्रेश युनियनका प्रदेश सदस्य निरोज कोइरालाले पत्रकारले पहिलो प्राथमिकता समाचार सम्प्रेषण दिनु पर्ने बताउँदै जुन संगठनमा रहेपनि समृद्धि र विकासका लागि आफ्नो दायित्व पत्रकारले पुरा गर्नु पर्ने बताउनु भएको थियो । पत्रकार महासंघका जिल्ला सचिव अर्जुन बस्नेतले जुन संगठनमा रहेपनि पत्रकारले निश्पक्षरुपमा काम गर्नु पर्ने बताउनुभयो ।

ADVERTISEMENT

नेकपा एमाले भोजपुरका जिल्ला अध्यक्ष शरण कुमार राईले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा प्रवेश गर्नेको उत्साह कम देखिएकोले पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्ने खालका गतिविधि पत्रकारका संस्थाहरुले गर्न जरुरी रहेको बताउनुभयो । समाजमा लुकेका कुराहरुलाई बाहिर ल्याउनका लागि खोज पत्रकारिता ध्यान दिन पनि पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

यस्तै नेकपा एमालेका कोशी प्रदेश सदस्य प्रेम कार्कीले परिवर्तनका पक्षमा कलम चलाएका पत्रकारहरु बिकास, समृद्धि र रुपान्तरणका लागि अझ सशत्त हुनु पर्ने बताउनुभयो । पत्रकारिता पेशालाई मर्यादित बनाउने तर्फ पनि ध्यान दिन पत्रकारहरुलाई उहाँले आग्रह गर्नुभयो । कार्यक्रम प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष मोहन दुरालको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज