याक चौंरी कृषक महासंघको नेतृत्वमा ताप्लेजुङका मोहन

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । ‘हिमालको गहना याक चौँरी संरक्षण हाम्रो चाहना’ भन्ने मूल नाराका साथ पर्यटकीयस्थल भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ४ चखेवामा सम्पन्न भएको याक चौंरी कृषक महासंघ नेपालको प्रथम प्रदेश अधिवेशनबाट ताप्लेजुङका मोहन राईको नेतृत्वमा कोशी प्रदेश समिति बनेको छ ।

अधिवेशनबाट राईको नेतृत्वमा नौ सदस्यीय प्रदेश समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा खोटाङका दुर्गा धन राई, सचिव सोलुखुम्बुका थुतोप दोर्जे शेर्पा, कोषाध्यक्ष भोजपुरबाट किमा शेर्पालाई चयन गरिएको छ । सोही अधिवेशनले सदस्यहरुमा इलामका सुन्दर राई, ओखलढुङ्गा पासाङ नुरी शेर्पा, पाँचथरका जंग बहादुर राई, सुमित तामाङ र ताप्लेजुङबाट दावा फुटी शेर्पालाई चुनिएको छ ।

याक चौरीको संरक्षणसँगै यसको व्यवसायिकरणको लागि किसानहरुलाई एकजुट बनाउन महासंघको गठन गरिएको केन्द्रिय महासचिव पावीहाङ राईले बताउनुभयो । अधिवेशनको उद्घाटन प्रदेश सांसद बिनोद बान्तवाले गर्नु भएको थियो ।

ADVERTISEMENT

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?