बझाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

सुरेश धामी बझाङ, संवाददाता
सुरेश धामी बझाङ, संवाददाता
Read Time = 2 mins

बझाङ । बझाङ सदरमुकाम चैनपुर नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका वडा नम्बर ४ आम्पाटामा विपरित दिशाबाट आईरहेको ट्याक्टरलाई साईड दिनेक्रममा मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटना परि जयपृथ्वी नगरपालिका ३ पडेशका २३ वर्षिय चालक शुशिल खड्का र मोटरसाईकल पछाडी सवार सोहि ठाउँका ३६ वर्षिय किशोर खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

ADVERTISEMENT

सदरमुकाम चैनपुरबाट जयपृथ्वी नगरपालिका वडा नम्बर ३ पडेश तर्फ गइरहेको लु ११ प ६४९७ नम्बरको मोटरसाइकलले विपरित दिशा बाट आईरहेको ट्याक्टरलाई साईडदिने बेला सडकबाट करीब १५० मिटर तल सेती नदीमा खसेर दुर्घटना भएको हो ।

चालक शुशिल खड्काकोे टाउको र शरीरका विभिन्न भागमा तथा किशोर खडकाको अनुहार र खुट्टामा गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताउनुभयो । घाइते दुवै जनाको जिल्ला अस्पताल सिमखेत उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज