काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले नेपाल संसदीय समितिले दिएको निर्देशन विपरित् रक्षा मन्त्रालयले समितिलाई अवज्ञा गरेको आरोप लगाउनुभएको छ ।
बुधवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै सांसद रावलले रक्षा मन्त्रालयले संसदीय समितिको अवज्ञा गरेको आरोप लगाउनुभएको हो ।
उहाँले समितिले अमेरिकी सरकारसँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौताबारे जानकारी गराउन निर्देशन दिएपनि त्यसको अवज्ञा गर्दै रक्षा मन्त्रालयको तर्फबाट कागजातउपर सम्झौता गराउने सम्बन्धमा मन्त्रिपरिषद्को निर्णय यसलाई अघि नबढाउने भएको हुनाले यो व्यहोरा सम्मानित समितिमा सभापतिबाट निर्देशित गराएँछु भन्ने पत्र पठाइ समितिकै अवज्ञा गरेको बताउनु भयो ।
सांसद रावलले कानूनी र प्रशासनिक दृष्टिकोणबाट पनि यो समितिको निर्देशन विपरितको पत्र भएको दाबी गर्नुभयो । उहाँले समितिले बारम्बार एसपीपीको बारेमा स्पष्ट जानकारी सरकारसँग माग गरेपनि सरकारले अमेरिकालाई पठाएको पत्र वा मन्त्रीपरिषदकाे निर्णय नै नपठाइ बिना अर्थको पत्र समितिमा पठाएको बताउनु भयो । उहाँले संविधानले अख्तियार प्रदान गरेको समितिलाई कुनै एउटा मन्त्रालयले यस किसिमको पत्र लेख्न नसक्ने जिकिर गर्नुभयो ।
सांसद रावलले समितिको बारेमा नेपाल सरकार र सम्बन्धित निकायलाई राम्रोसँग जानकारी नरहेको भन्दै मन्त्रालयको समितिलाई पठाएको पत्र आपत्तिजनक रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच