रुपन्देही । तिलोत्तमा नगरपालिकामा पाचौ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।
प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले मानव स्वास्थ्यका लागि खेलकुद अति आवस्यक रहेकाले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताउनु भयो । खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले भूमिका रहने उल्लेख गर्दै खाँणले तिलोत्तमा नगरपालिकाका सबै खेल मैदानलाई स्तरोन्नती गरी खेलाडी उत्पादन र खेलको विकास गरिने बताउनु भयो ।
तिलोत्तमा–४, डिङ्गरनगर स्थित जनज्योती क्लबको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३८ विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिएको नगरपालिका युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनसभयो । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगरपालिका आचार्यको भनाई छ ।
आजबाट शुरु भएको प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयलाई नगद रु ३० हजार, २० हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । प्रतियोगितामा छात्रा तथा छात्राहरुबीच भलिबल, कबड्डी, एल्लेटिक्स, कराँते र तेक्वान्दोतर्फ विभिन्न विभिन्न विधामा खेल सञ्चालन भैरहेका छन् । प्रतियोगितामा १४ सय विद्यार्थीको सहभागिता रहेको छ । तिलोत्तमा नगरपालिकामा जारी पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा अहिलेसम्म ५४ मध्ये ४६ स्वर्ण पदकको टुगों लागेको छ ।
सोमबारबाट सुरु भएको प्रतियोगितामा अहिलेसम्म कराँते र तेक्वान्दोतर्फका खेलहरु सम्पन्न भैसकेका छन भने एथ्लेटिक्स तर्फका केही खेलहरुको टुगों लागिसकेको छ ।
बुधबार ३ हजार मिटर दौड, ४ गुणे ४०० मिटर रिले दौड, ज्याभलिन थ्रो तथा भलिबल र कबड्ढीका सेमीफाइनल एवं फाइनल खेलहरु सम्पन्न गरिने आयोजक तिलोत्तमा नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनु भयो । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगिता बुधबार समापन हुनेछ ।
तिलोत्तमा–४, डिङ्गरनगर स्थित जनज्योती क्लबको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३८ विद्यालयहरुले प्रतिस्पर्धामा भाग छन भने प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयलाई नगद रु ३० हजार, २० हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । प्रतियोगितामा १४ सय विद्यार्थीको सहभागिता रहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता