सरकारलाई संसदीय समितिको निर्देशनः नेपाल वायुसेवा निगम र विमानस्थल सुधारसम्बन्धि प्रतिवेदन तत्काल बुझाउनू

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । संसदीय समितिको निर्देशनसंसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधारको लागि हालसम्म भएको अध्ययन प्रतिवेदनहरु यथाशिघ्र समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले सो निगम तथा विमानस्थलहरुको सुधारका लागि हालसम्म भएको अध्ययन, अनुसन्धानसम्बन्धि सम्पूर्ण प्रतिवेदन पेश गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

बैठकमा समितिले सो सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराँती र निगमका पदाधिकारीसँग छलफल गरेको थियो । समितिको बैठकमा भएको छलफलको आधारमा निगम र विमानस्थलहरुको सुधारसम्बन्धि हालसम्मको अध्ययन प्रतिवेदन छिटो भन्दा छिटो समितिमा पेश गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति राजकिशोर यादवले बताउनु भयो । त्यसैगरी समितिले प्र्र्रधानमन्त्री कार्यालयको विधेयक शाखामा अड्केर बसेको नागरिक उडड्यनसम्बन्धि विधेयकबारे गम्भिर चासो व्यक्त गर्दै त्यसको अवस्थाबारे पनि समितिलाई जानकारी गराउन सरकारलाई सचेत गराएको छ ।

ADVERTISEMENT

सभापति यादवले भन्नुभयो, ‘नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधार तथा समग्र विषयमा के–कस्ता अध्ययन, अनुसन्धानहरु भएका छन्, तिनको प्रतिवेदनहरु समिति समक्ष यथाशिघ्र पेश गर्न मन्त्रालय र नेपाल नेपाल वायुसेवा निगमलाई निर्देशन दिने । यो भन्दा अगाडिको बैठकमा माननीय मन्त्रीज्युले नै नागरिक उडड्यनसम्बन्धि विधेयक क्याविनेटमा पठाइसकिएको जानकारी गराएको स्थिति छ । हाम्रो सचिवालयले प्रधानमन्त्री कार्यालयको विधेयक हेर्ने शाखामा त्यो विधेयकबारे चासो राख्दा स्पष्ट जवाफ आएको छैन । त्यसैले मन्त्रालयले त्यो विधेयकको स्थितिको बारेमा के हो ? मन्त्रालय कुन दिनमा निर्णय गरेर त्यहाँ पठाएको हो, त्यो डेट सहित यो समितिमा उपलब्ध हुनुप¥यो । यदि हामीले यहाँ प्रधानमन्त्रीलाई नै तालुकदार मन्त्रालयले त्यहाँ पठाईसकेको हो भने के कारणले त्यसका पछाडि कुन त्यस्तो शक्तिले काम गरिरहेको छ कि त्यो विधेयक जहाँ जानुपर्ने हो, त्यहाँ गइरहेको छैन । मन्त्रीले त्यो विधेयकको स्टाटस के हो, त्यो चाहीँ समितिलाई जानकारी चाहिएको छ ।’

बैठकमा समितिका सदस्यहरुले नेपाल वायुसेवा निगमको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै यसको सुधारका लागि ठोस कदम नचालेको भन्दै सरकारको आलोचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?