बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Read Time = 1 min

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२ बस्ने चितवन शिवनगर घर भएकी ४१ वर्षीया बबिता पन्त पौडेल रहेकी छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७१ माघ २९ गते उनलाई १ महिना कैद र १० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि उनी फरार रहेकी थिइन् ।

ADVERTISEMENT

पौडेललाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।

पौडेलले जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी जानी जानी अनुचित लाभ लिई कर्जा दिई वैकिङ् श्रोत, साधन र सम्पतिको दुरुपयोग हुने गरी कर्जा प्रवाह गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?