काठमाडौँ । प्रदेश लोक सेवा आयोग बागमती प्रदेश हेटौँडाले रिक्त पदपूर्तिका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।
बागमती प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहहरुको मागको आधारमा प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कर्मचारी मागसहित विज्ञापन भएको हो ।
प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि विज्ञापन भएको हो ।
बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगको सूचनामा उल्लेख छ । योग्यता पुगेका उम्मेदवारहरूले माघ २८ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts