काठमाडौं । ‘द नेशनल डिजाइनर रन-वे २०२४’ को चौथो संस्करणका लागि शनिबार काठमाडौंमा प्रथम चरणको अडिशन गरिएको छ । मोडल सङ्स नेपालको आयोजनामा हुनलागेको प्रतियोगिताका लागि काठमाडौंमा अडिशन गरिएको हो ।
अडिशनमा सञ्चारकर्मी सरोज ओझा, पूर्वमोडल एवं महिला उद्यमी रुवि महतो, डिजाइनर रन-वे दोस्रो संस्करणका विजेता विप्लवराज नागर नहर र उपविजेता सरला डंगोल निर्णायक रहनुभएको थियो । सहभागी डिजाइनरहरूले डिजाइन शो र मोडलहरूले र्याम्प वाकसहित अडिसन दिएका थिए ।
निर्णायक सरोज ओझाका अनुसार अडिशनमा २५ जना डिजाइनर र ६० जना मोडलहरू सहभागी थिए । मोडल सङ्स नेपालकी प्रबन्ध निर्देशक स्वस्ती दंगालले चौथो संस्करणको द नेशनल डिजाइनर रनवेको फिनाले आगामी फेब्रुवरी २८ मा सुकुटेबीचमा गरिने जानकारी गराउनुभयो । उहाँले प्रतियोगितामा फेशन डिजाइनरहरूले तयार पारेको पहिरनमा मोडलहरू र्याम्पमा उत्रिएर प्रस्तुत हुने जानकारी दिनुभयो । ‘डिजाइन र र्याम्प वाकका आधारमा विजेता घोषणा गरिनेछ’, उहाँले भन्नुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts