काठमाडौं । चलचित्र विकास बोर्डअन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति’को संयोजकमा निर्माता ज्योतिराज राई नियुक्त हुनुभएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजक नियुक्त गर्नुभएको हो ।
राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गर्नुभएको थियो । हाल उहाँ आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश-१ को अध्यक्ष र नेपाल चलचित्र निर्माता संघको कोषाध्याक्ष पनि हुनुहुन्छ ।
आदिवासी जनजाति चलचित्र महासंघको सिफारिशमा राई संयोजक नियुक्त हुनुभएको हो । सात प्रदेशका विभिन्न १६ जातिबाट सिफारिश भएर आएका विभिन्न व्यक्तिबाट आदिवासी जनजाति महासंघले चलचित्र विकास बोर्डलाई एक व्यक्ति संयोजका र अरू सदस्यका लागि सिफरिश गर्ने सोही अनुसार बोर्डले संयोजक नियुक्त गर्ने प्रावधान छ ।
बोर्डले राईको संयोजकमा छ सदस्यको समिति गठन गरेको हो । जसको सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योंगहांग, सगिना सुनुवार, अमृतामाया माझी रहनुभएको छ र हरिसिंह रैखोला समितिको सदस्यसचिव रहनुभएको छ ।
समितिले देशभर छरिएर रहेका आदिवासी चलचित्रकर्मीको व्यक्तित्व विकास, आदिवासी चलचित्रको प्रवद्र्धन र बजार विस्तार गर्दै सक्षम बनाउने काम गर्छ । आफ्नो कार्यकालमा विभिन्न भाषामा निर्माण हुने चलचित्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, नितिगत रूपमा समेत सक्षम बनाउने मुख्य लक्ष्य लिएको संयोजक राईले बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा