मलंगवामा माघ ८ गते माछामासु र मदिरा बेच्न नपाइने

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा माघ ८ गते सोमबार पशुचौपाय बध गर्न र माछामासु बिक्री गर्न रोक लगाइएको छ ।

सोमबार मित्रराष्ट्र भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसर पारेर सोही दिन मलंगवा १० स्थित ३ बिघे मैदानमा ११ हजार दीप प्रज्वलन कार्यक्रम, भजनकिर्तन, सामूहिक हनुमान चालिसा र साँस्कृतिक कार्यक्रम राखिएकाले नगरभित्र बध गर्न र माछामासु बिक्री गर्न निषेध गरिएको हो ।

मेयर नागेन्द्र प्रसाद यादवले उक्त दिन नगरक्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको बध, मदिरा, माछा मासुको बिक्री वितरण लगायतका कार्यहरु नगरी दिनुहुन सम्पूर्ण सरोकारवाला व्यवसायीहरुलाई अनुरोध गर्नुभएको छ ।

ADVERTISEMENT

सूचनाको अटेर गरी त्यस्ता कार्य गर्ने गरेको पाइएमा कारवाही हुने मेयर यादवले उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?